२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् । 

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए । 

उनीहरुले काठमाडौँ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उनीहरुले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातनासमेत दिएका थिए । उनीहरुले रामको  झोला र मोबाइलसमेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ ।