२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन



अ+ अ-

काठमाडौँ । काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् ।

रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान रहेको भन्दै पन्तले रोजिनालाई समर्थन गरेका हुन् ।

रास्वपाको प्रतिबद्धता पत्र र मेरो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति बताउदै समर्थन पत्रमा भनिएको छ, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरुको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनुभएकी श्री रोजिना श्रेष्ठ (चुनाव चिन्ह घण्टी) एक सशक्त उम्मेदवार हुनभएको अनुभूति भयो । स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको वृहत्तर विकासमा समेत योगदान पुर्याउनु भएकी कानूनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी एक सफल व्यवसायी एवं महिला नेतृले म लगायत परिवर्तनका पक्षधरहरुको भावना समेटेर काम गर्ने कुरामा म विश्वास्त छु। तसर्थ का।म।पा। वडा नं। १६ मा उहाँलाई समर्थन गर्ने मैले निर्णय लिएको छु ।’

साथै उनले स्वतन्त्र उम्मेदवारी मार्फत् वडा नं १६ बनाउने पवित्र उद्देश्य बोकी वडा अध्यक्षको प्रतिस्पर्धामा होमिएका सबै स्वतन्त्र अभियन्ता उम्मेदवार साथीहरुलाई पनि यो अभियानमा जोडिएर साथ दिन अपील गरेका छन् ।