७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’

उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’
अ+ अ-

काठमाडौँ । प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ ।

पहिलोपटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्समा राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रुपमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै उनले महत्वपूर्ण योगदान दिएका छन् । नेपालले दुईपटक विश्वकपमा सहभागिता जनाउँदा सोमपालले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

विश्वकपमा नेपालले दुईपटक भाग लिँदा दुवै खेल खेल्ने सोमपाल नेपालका एक्लो खेलाडी हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् ।

यसैगरी, कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि समेटेको छ । कर्णाली याक्सका अधिकांश खेलाडीसँग राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिता खेलेको अनुभव छ । यससँगै कर्णाली याक्सले थप पाँचजना विदेशी खेलाडी भित्र्याएको छ ।

एनपिएलमा हरेक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछभने आवश्यकता हेरेर एक टोलीले छ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जसअनुसार कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो ।

कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुल्न सफल भएको छ । नेपाली क्रिकेटमाझ धवनको आगमनले कर्णाली टोलीको शोभासमेत बढेको अनुमान गर्न सकिन्छ । कर्णाली याक्सबाट धवनसँगै हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुदले खेल्दैछन् । सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जित्दा ३९ वर्षीय बायाँहाते ब्याटर धवनले टोलीका महत्वपूर्ण सदस्य थिए ।

आइपिएलमा धवन सहभागी टोली सनराइजर्स हैदराबादले आइपिएलको उपाधि जितेको थियो । उनले आइपिएलमा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । केही समयअघि मात्र धवनले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

कर्णाली याक्सले भित्र्याएको अर्को चिरपरिचित खेलाडीको नाम हो हायात । हङकङका विस्फोटक ब्याटर हायातले पनि नेपालमा आयोजना भएका विभिन्न लिग खेलिसकेका छन् । हङकङको टोलीबाट धेरैपटक नेपाल आएर खेलिसकेका हायातले कर्णाली याक्सबाट उत्कृष्ट खेल खेल्ने अपेक्षा गरिएको छ । हायातले यसअघि पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलिसकेका छन् ।

कर्णाली याक्सले धेरै अपेक्षा राखेको खेलाडीमध्ये पाकिस्तानका बायाँहाते खेलाडी तलात पनि एक हुन् । उनले अलराउण्डरको भूमिका निर्वाह गर्नेछन् । दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग खेलेका तलातले यसअघि नेपालमा आएर टी २० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी २० लिगमा उनले विराटनगर सुपर किंग्सबाट खेलेका थिए ।

नेपालका लागि अर्का परिचित नाम हो वेस्ट इन्डिजका दायाँहाते ब्याटर वाल्टन । जसलाई कर्णाली याक्सले अनुबन्ध ग¥यो । वाल्टनसँग पनि नेपालमा खेलेको अनुभव छ । वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका उनले यसअघि नेपालमा आएर टी ट्वान्टी क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए ।

वाल्टनले बङ्गलादेश प्रिमियर लिग, श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी २० लिगजस्ता विश्वका धेरै लिगहरू खेलिसकेका छन् । ओमानका पूर्वकप्तान तथा अलराउण्डर मक्सुद पनि अनभुवी ब्याटर र बलर हुन् । उनले ओमानका लागि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीसँग नेपाल आएर खेलेको अनुभवसमेत छ । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा गरिएको छ । कर्णाली याक्सले उनलाई पाँचौँ नम्बरमा अनुबन्ध गरेको थियो ।

सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चा गर्नुभएको थियो । उहाँले अर्को टी–ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्नसमेत सल्लाह दिनुभएको थियो ।

कर्णाली याक्सका मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ । उहाँले आफ्नो टोलीको तयारी राम्रो रहेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली याक्स टोलीको आइकोनिक खेलाडीमा विपिनप्रसाद शर्मा छन्भने ब्राण्ड एम्बासडर नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सले आज नै सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डरमा’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित व्यक्तित्व हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

प्रतियोगितामा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।