काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको चीन भ्रमण आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।
उनी यही मंसिर १३ गते चीन जाँदैछिन् । मन्त्री डा राणा यही मंसिर १३ गते चीन जाने र मंसिर ३० गते फर्कने कार्यक्रम छ । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार मन्त्री डा राणाले मंसिर १४ गते चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता तय भएको छ । सो भेट चीनको छन्दु प्रान्तको एक होटलमा हुने भएको स्रोतले जनायो ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीका साथै चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नका लागि परराष्ट्रमन्त्री डा देउवा चीन जान लागेकी हुन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणका लागि यही मंसिर १७ गते चीन जाने र मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।