• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने



काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोडीले ओपनिङ गरेको थियो । यो जोडीले पहिलो विकेटका लागि १५० रनको सानदार साझेदारी गरेको थियो । आक्रामक ब्याटिङ गरेका आशिफ ८४ रन बनाएर पभेलियन फर्किए । उनले ४३ बलमा ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । 

यसैगरी टिमको स्कोर १६२ रन हुँदा एपीएफका कप्तान शरद भेषावकर दोस्रो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका लोकेश बमले पनि उत्कृष्ट पारि खेले । १८ बल खेलेका लोकशले ६५ रनको नटआउट पारि खेलेपछि एपीएफको स्कोर २३० रन पुगेको थियो ।लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए । 

यसैगरी ओपनिङ आएका ऐरी ५७ रनको नटआउट पारि खेले । उनले ५३ बल फेस गर्दा १ छक्का र ७ चौका प्रहार गरे ।  सुमित  श्रेष्ठ र जितेन्द्र मुखियाले एक एक विकेट लिए । जवाफमा आर्मी क्लव २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८३ रनमा रोकियो । राम्रो सुरुवात गरेपछि उसका मध्येक्रमका खेलाडी सस्तैमा आउट हुँदा हार्न पुग्यो । 

यस्तै आज भएको पहिलो खेलमा पुलिसको दिएको १५६ रनको लक्ष्य पच्छ्याएको बागमती प्रदेश ८ विकेट गुमाएर १०५ रनमा रोकिए पछि पुलिस ५० रनले विजयी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो । पुलिसका लागि पवन शर्राफले अर्धशतकीय पारि खेले । 

उनले ५४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५९ रन बनाएका थिए । ओपनिङ आएका शंकर राना ८ रन बनाएर आउट हुँदा पुलिसले २७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी खाता नै नखोली आउट हुन पुगे । २७ रनमै दोस्रो विकेट गुमाएको पुलिसको पारिलाई पवन र अनिल साहले अघि बढाएका थिए । तेस्रो विकेटको रुपमा अनिल आउट हुँदा पुलिसको स्कोर १०५ रन भएको थियो । १५.१ ओभरमा अनिल व्यक्तिगत २५ रन बनाएर पभेलियन फर्किएका थिए ।