५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 2.06

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबार एकैदिन सुन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला लाख १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले सुन र चाँदीमा भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत थियो ।