३१ श्रावण २०८३, आईतवार
,
Latest
लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबार एकैदिन सुन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला लाख १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले सुन र चाँदीमा भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत थियो ।