२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको ३०औँ टेस्ट शतक, डन ब्राडम्यानलाई पछि पारे



अ+ अ-

एजेन्सी । भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको अविजित इनिङ खेलेका हुन् ।

उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई धेरै टेष्ट शतक बनाउने मामिलामा पछि पारेका छन् ।

भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७र६ मा आफ्नो इनिङ्स घोषणा गरेको छ । योसँगै अष्ट्रेलियालाई ५३४ रनको लक्ष्य प्राप्त भएको छ ।