१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूलपानी क्रिकेट मैदान निर्माणमा अनियमितता गर्नेलाई नछाड्ने राप्रपाको युवा संगठनका अध्यक्ष सुजितकाे चेतावनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका अध्यक्ष सुजित केसीले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका क्रममा ठूलो अनियमिता र भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

केसीले खेलाडीहरु विदेशमा देशको झन्डा फहराएर देशको इन्जत राख्ने तर भ्रष्ट दलालहरु मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा अनियमितता र भ्रष्टाचार गर्ने ? भन्दै प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् अनियमितताका विषयमा युवाहरुले विरोध र ध्यानकर्षण गराउँदा दबाब दिने, प्रलोभनमा पार्न खोज्ने भ्रष्टाचारी दलालहरुलाई नछाड्ने चेतावनीसमेत दिएका छन् ।

केसीले सामाजिक सञ्जालमा मूलपानी मैदानका केही फोटोसमेत पोस्ट गरेर लेखेका छन्–

खेलाडीहरु विदेशमा देशको झण्डा फराएर देशको ईज्जत राख्ने तर भ्रष्ट दलालहरु मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा अनियमितता र भ्रष्टाचार गर्ने ?

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका अनियमितता यसप्रकारका छन ।

–  मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि खेलाडीहरूको होस्टेल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले दिएको १ करोड रुपैयाँ अनुदान दुरुपयोग गरेको ।

– MCC प्रतियोजनाको ठेकेदार कम्पनीलाई रंगशालाको जग्गा खेलकुद परिषदको मास्टर प्लान र कानुन विपरित भाडामा दिएको ।

– निर्माण गरिएको संरचना अलपत्र रहेको, निर्माण भइसकेको भनिएको भवनसमेत ध्वस्त अवस्थामा रहेको ।

– रंगशालाको सम्पूर्ण जग्गा सीमाङ्कन विवाद यथावत रहेको…।

– सरकारी स्रोत र बजेटको दुरुपयोग गरेको र जसले गर्दा रंगशालाको विकासमा गम्भीर बाधा पुर्‍याएको लगायतमा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न रहेकाहरु विरुद्ध अब हामी सबै युवाहरु एकबद्ध भएर लाग्नुपर्ने दिन आएको छ

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको अनियमितताका विषयमा युवाहरुले विरोध र ध्यानकर्षण गराउदा दबाब दिने, प्रलोभनमा पार्न खोज्ने भ्रष्टाचारी दलालहरु होसियार…।

खबरदार ! भ्रष्टाचारीहरुलाई हामी छोड्ने छैनौं ।