२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

अप्ठेरोमा ओली, संशयमा चीन भ्रमण

अप्ठेरोमा ओली, संशयमा चीन भ्रमण
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । बुधबार सेमत गरी तीन साँझ (राति अबेरसम्म) लगातार भयो बालुवाटारमा सत्तारुढ काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसेको, तर चीन भ्रमणमा जाने गाँठो फुकेको छैन । मंगलबार राति ११ बजेसम्म काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आफ्ना तीन तीन जना नेता लिएर बस्दा पनि कुनै निष्कर्ष निस्किएन । बालुवाटार समाचार स्रोत भन्छ– बुधारको हालत पनि त्यस्तै हो, प्रधानमन्त्रीले बिआरआइको कार्यान्वयन सम्झौतामा नै हस्ताक्षर गर्नुपर्छ भन्छन् तर देउवा कुनै पनि हालतमा हुदैन भन्ने गर्दछन् ।

चिनियाँ बृहत परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन गर्ने कि नगर्ने भन्नेमै परेको छ गाँठो । हेर्दा एउटा देखिए पनि यसमा धेरै गाँठा छन् र यो आजभन्दा भोलि झन् जेलिँदै गएको छ । यसै विषयले गर्दा सरकार निर्माणको चार महिनासम्म सहज रुपमा अघि बढेको सरकारका सामु सत्तारुढ दल काँग्रेस र एमालेबीचको यो पछिल्लो विवादले आगामी दिनहरु थप पेचिलो बन्दै जाने त्रास थपिदिएको छ ।

काँग्रेसका कतिपय नेताहरु भन्छन्– बीआरआई कार्यान्वयन गर्ने विषयमा दुई दलबीच फरक मतका कारण शीर्ष नेताहरूबीच नै मनमुटाव सुरू भएको छ । यसभित्रको कुनै विकल्प खोजौँ भन्ने भन्दा पनि प्रधानमन्त्रीले आफूले चीनलाई वर्ड दिइसकेकाले सो सम्झौतामा नै हस्ताक्षर गर्नुपर्छ भन्ने लाइनमा स्पष्ट रुपमा अडिएका छन् । त्यो लाइनमा देउवा कुनै पनि हालतमा प्रवेश गर्न नसक्ने बताएपछि बीचको निकास कसरी निस्किएला भन्ने नै दुबिधामा रहेको छ ।

प्रधानमन्त्री ओली मंसिर यही १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदैछन् । अब यो भ्रमणका लागि १० दिनमात्र बाँकी छ । यो १० दिनमा भ्रमणका लगभग सबै एजेण्डा तयार गरी त्यसमाथि सरोकारवालाहरुसँग परामर्श, सरसल्लाह र नेपालको रणनीति तय गरिसक्नुपर्ने हो । तर त्यो चरणमा नेपाल प्रवेश गरिसकेकै छैन । नत परराष्ट्र मन्त्रालयले आवश्यक एजेण्डाको तयारी नै गरेको छ । बिआरआइमा शीर्ष तहमा जुट्ने सहमतिका आधारमा अरु एजेण्डा तयार गर्ने पर्खाइमा परराष्ट्र मन्त्रालय रहेको बुझिएको छ ।

यही भ्रमणकै क्रममा प्रधानमन्त्री ओली बहुप्रतिक्षित बीआरआई परियोजनाको कार्यान्वययनमा हस्ताक्षर गर्ने तयारीमा छन् । तर, सत्ता सहयात्री दल नेपाली कांग्रेसले भने ऋणमा कुनै पनि परियोजना स्वीकार्न नसकिने अडान लिएको छ । यो अडान काँग्रेसको पुरानै हो भने ओली पनि बिआरआइको पक्षमा रहेको कुरा पुरानै हो ।

दुई दिन यता कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री ओली छुट्टाछुट्टै पनि छलफलमा छन् । तर निकासको सट्टा थप विवाद निस्किएको उच्च स्रोत बताउँछ । यहाँसम्म कि देउवालाई ओलीले बीआरआई कार्यान्वयनको विषयमा हस्ताक्षर नै नहुने हो भने म चीन जानुको के अर्थ त भन्नेसम्मको जवाफ पनि दिएका छन् ।

यी बैठकहरुमा ओलीले बीआरआई परियोजना अगाडि बढाउनुपर्ने भएकाले आफ्नो चीन भ्रमणमा त्यस विषयमा सम्झौता गर्ने बाटो खोलिदिन देउवालाई आग्रह गर्ने गरेका छन् । काँग्रेस सभापति देउवाले भने कुनै पनि हालतमा ऋणमा बीआरआई नस्वीकार्ने अडान दोहोराउँदै आएका छन् । उनले बिआरआइ अन्तर्गत नै राखेर अनुदानमा चीनले नेपाललाई जुनसुकै परियोजना दिए पनि हुने बताउँदै आएका छन् ।

अर्कातर्फ त्यो परियोजना के हो त भन्ने पनि सरकार सार्वजनिक गरेको छैन । त्यसमा हस्ताक्षर गर्न हुन्छ कि हुँदैन भनेर जनताले पनि आफ्नो मत दिने अवस्था सरकारले सिर्जना गरेको छैन । नेपालको समृद्धिका लागि सो परियोजना हामीलाई आवश्यक छ भन्ने पक्षमा सरकार छ तर कसरी भन्ने बारेको सूचना जनताले कतैबाट जान्न पाउँदैनन् ।

यस्तो संशयमा प्रधानमन्त्रीको चीन भ्रमण परेको छ । चीन होस् या भारतजस्ता छिमेकी देश जसले नेपालको बृहत्तर हितमा सहयोग गर्दै आएका छन्, ती देशको भ्रमणको मुखैमा आएर सरकार यस्तो संशयमा पर्नु या यसप्रकारको विवाद गर्नु राम्रो होइन । सरकारले देशको हितका पक्षमा एजेण्डा तयार गर्ने र हामीले चीनसँग यस विषयमा सहमति या सम्झौता गर्दैछौँ भनेर जनतालाई थाहा दिएर जाने गर्नु राम्रो हुन्थ्यो ।

भ्रमणको यस्तो संशय सिर्जना भएकाले नै प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन् । उनी चीन भ्रमणमा जाने कि नजाने भन्ने दुविधामै देखिएका छन् । यो वातावरणका कारण परराष्ट्र मन्त्री डा आरजु राणा देउवा पनि प्रधानमन्त्री अगावै चीन जाने भनिएकामा जाने कि नजाने भन्ने दुविधामा रहेका समाचारहरु आइरहेका छन् । यस्तो अवस्थाका बीच तयार हुने एजेण्डा कत्तिको प्रभावकारी हुन्छन् र ती नेपालको बहत्तर हितमा कसरी जोडिन सक्छन् भन्ने विषयमा जनता पनि सशंकित रहेका छन् ।