५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलराउन्डर वरीयतामा हार्दिक पाण्ड्या शीर्षस्थानमा, दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत



अ+ अ-

काठमाडौँ । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या आईसीसीको नयाँ वरियतामा विश्व नम्बर १ अलराउन्डर बनेका छन् ।

उनले इङ्ल्यान्डका लियाम लिभिङ्स्टनलाई पछि पारे । हार्दिक दुई स्थान छलाङ मार्दै शीर्षस्थानमा उक्लिएका हुन् । लिभिङ्स्टन दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका छन् । वरीयतामा नेपालका दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत छन् ।

अलराउन्डर हार्दिक पाण्ड्याले हालै दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा ३९ रनको अविजित इनिङ खेलेका थिए ।

जहाँ चौथो टी–२० खेलमा ८ रन दिएर १ विकेट लिएका थिए । जसका कारण उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नम्बर १ अलराउन्डर बने ।

हार्दिक पाण्ड्या अलराउन्डर वरीयताको शीर्ष स्थानमा पुगेको यो दोस्रो पटक हो । यस वर्षको टी–२० विश्वकपपछि उनले पहिलो पटक नम्बर एकको स्थान हासिल गरेका हुन् ।