२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलराउन्डर वरीयतामा हार्दिक पाण्ड्या शीर्षस्थानमा, दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत



अ+ अ-

काठमाडौँ । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या आईसीसीको नयाँ वरियतामा विश्व नम्बर १ अलराउन्डर बनेका छन् ।

उनले इङ्ल्यान्डका लियाम लिभिङ्स्टनलाई पछि पारे । हार्दिक दुई स्थान छलाङ मार्दै शीर्षस्थानमा उक्लिएका हुन् । लिभिङ्स्टन दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका छन् । वरीयतामा नेपालका दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत छन् ।

अलराउन्डर हार्दिक पाण्ड्याले हालै दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा ३९ रनको अविजित इनिङ खेलेका थिए ।

जहाँ चौथो टी–२० खेलमा ८ रन दिएर १ विकेट लिएका थिए । जसका कारण उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नम्बर १ अलराउन्डर बने ।

हार्दिक पाण्ड्या अलराउन्डर वरीयताको शीर्ष स्थानमा पुगेको यो दोस्रो पटक हो । यस वर्षको टी–२० विश्वकपपछि उनले पहिलो पटक नम्बर एकको स्थान हासिल गरेका हुन् ।