५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षपछि भारत आउँदै मेसी



अ+ अ-

काठमाडौँ । स्टार फुटबलर लियोनल मेसी अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि भारत आउने भएका छन् । उनको राष्ट्रिय टोली अर्जेन्टिनाले केरला भ्रमण गर्नेछ । यो खेल जुन वा जुलाईमा हुनेछ ।

यद्यपी यो खेल कुन टिमसँग खेल्ने हो भने खुलाइएको छैन । यसअघि मेसी सन् २०११ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आएका थिए ।

केरलाका खेलकुद मन्त्री वी अब्दुरहिमानले बुधबार मेसीसहितको अर्जेन्टिनाको फुटबल टोलीले अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि राज्यको भ्रमण गर्ने बताए । अब्दुरहिमानले खेल प्रदेश सरकारको पूर्ण निगरानीमा हुने बताए ।

मेसीसहित अर्जेन्टिनाको फुटबल टोलीले पछिल्लो पटक २०११ मा भेनेजुएलाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत भ्रमण गरेको थियो । अर्जेन्टिना र भेनेजुएलाबीचको यो खेल सेप्टेम्बर २ मा कोलकाताको साल्ट लेक स्टेडियममा भएको थियो ।

यस खेलमा मेसीको सहयोगमा निकोलस ओटामेन्डीले दोस्रो हाफमा हेडर गोल गर्दै अर्जेन्टिनालाई १–० ले जित दिलाएका थिए ।

अर्जेन्टिना अहिलेको विश्व च्याम्पियन हो । सन् २०२२ मा भएको फिफा विश्वकपको फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले पराजित गर्दै टोलीले उपाधि जितेको थियो । अर्जेन्टिनाले यसअघि सन् १९८६ मा उपाधि जितेको थियो ।

यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । टोली सन् १९७८ मा पहिलो पटक विश्व च्याम्पियन बनेको थियो ।