२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

धनुष र नयनताराबीचको झगडा बढ्यो, धनुषले मागे १० करोड

धनुष र नयनताराबीचको झगडा बढ्यो, धनुषले मागे १० करोड
अ अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री नयनताराको खुला पत्रपछि अब धनुषका वकिलले विज्ञप्ति जारी गर्दै नयनताराविरुद्ध कानुनी कारबाही गर्ने कुरा गरेका छन् ।

२४ घण्टाको अल्टिमेटम दिँदै उनले उक्त फुटेज वृत्तचित्रबाट नहटाए १० करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने बताए ।

वास्तवमा चलचित्र ‘नयनताराः बियोन्ड द फेयराइटल’ लाई लिएर लामो समयदेखि अभिनेत्री र धनुषबीच विवाद चलिरहेको छ ।

‘मेरा ग्राहक निर्माता हुन् र उनलाई थाहा छ कि फिल्मको निर्माणको प्रत्येक पैसा कहाँ खर्च हुन्छ । फिल्ममा पर्दा पछाडिका तस्बिरहरू समावेश गर्न कसैलाई जिम्मेवारी दिइएको छैन र उक्त भनाइ निराधार छ । तपाईंले यसको लागि कडा प्रमाण पेश गर्नुपर्नेछ ।’ धनुषका वकिलले भनेका छन् ।

घटना के हो ?
नयनताराले धनुषसँग उनको फिल्म ‘नानुम राउडी धान’ को गीत र भिजुअलको लागि उनको डकुमेन्ट्री ‘नयनथाराः बियन्ड द फेयरी टेल’का लागि अनुमति मागेकी थिइन् ।

तर धनुषले उनलाई अनुमति दिन मानेनन् र डकुमेन्ट्रीको ट्रेल हेरेपछि मात्र ३ सेकेन्डको भिजुअल चोरी गरेको आरोपमा अभिनेत्रीलाई १० करोड रुपैयाँको कानूनी नोटिस पठाए । नयनतारा आफैं फिल्म ‘नानुम राउडी धान’मा मुख्य अभिनेत्री थिइन् ।

नयनताराले धनुषलाई गाली गरेकी थिइन्
हालै अभिनेत्री नयनताराले सामाजिक सञ्जालमा लामो पोस्ट सेयर गरेकी छिन् । त्यसमा उनले धनुषलाई गाली गरिन् ।

अभिनेत्रीले लेखेकी छिन्, ‘तिमी आफ्नो बुवा र दाजुका कारण सफल अभिनेता बन्यौ तर फिल्म क्षेत्रमा मेरो कोही गडफादर थिएन, त्यसैले संघर्ष गर्नुपरेको थियो र आज म आफ्नै कारणले फिल्म क्षेत्रमा उभिएकी छु । मेरा फ्यानहरूलाई मेरो काम थाहा छ र मेरो वृत्तचित्र पर्खिरहेका छन्, तर तिम्रो मनोवृत्तिले हाम्रो काममा ठूलो प्रभाव पारेको छ । तर यसको परिणाम पनि भोग्नुपर्छ ।’