२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका सामग्रीसहित दुई पक्राउ



अ+ अ-

तुलसीपुर । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार छन् ।

उनीहरु लामो समयदेखि तुलसीपुर–६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले व्यावसायिकरूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको प्रनाउ अर्याल बताउनुभयो ।  अहिले दुवैलाई पक्राउ गरेको र एक जनाको खोजी जारी रहेको उहाँको भनाइ छ । 

सिसी क्यामेराको निगरानी र अन्य अनुसन्धानबाट उनीहरु शङ्कास्पद देखिएपछि प्रहरी निरीक्षक झलक शर्माका नेतृत्वमा गएको प्रहरी टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्री भेट्टिएको र यसपछि बरामदसमेत गरेको थियो । उनीहरुको कोठाबाट माछाजस्तो आकार भएको दापसहितको खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान, फलामको तीन फिट तीन इन्च लामो सरिया एक थान,रा१प ५४७३ नंको मोटरसाइकलको दर्ता किताब थानलगायतका बरामद गरिएको छ ।

अहिले यी सामग्रीका मालिक आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत  प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । उनीहरु यसअघि पनि पक्राउ परेर छुटेको समेत प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसल चोरी गर्नेसमेत उनीहरु नै रहेको प्रहरीले बताएको छ । पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको थियो ।