२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिज्ञको गुनासो: संक्रमणमा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ?



अ+ अ-

ओमिक्रोन निकै बढेको छ । यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ । सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीब्र भएपनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ । यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ ।

रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला । जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन । परिक्षण गरेपछि रिपोर्ट अनुसार उपचार हुन्छ,  ओमिक्रोन घाँटीमा रहने, त्यहिं रेप्लिकेसन हुने तथा त्यहिं नष्ट हुने प्रजाति हो । न्यून रुपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ ।

लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ । संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो ।

सरकारसंग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडावडामा निशुल्क पिसिआर टेस्ट हुन्थ्यो । निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो । यति ठूलो संख्यामा संक्रमण बढ्दा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ ? सरकारीमा नि:शुल्क, वडा वडामा नि:शुल्क अनि निजीमा ५-६ सयमा पिसिआर टेस्ट गर्ने काम आजैदेखि होस् ।

संबिधानप्रदत्त अधिकार कुण्ठित हुने काम नहोस् । संचारमाध्यमले डरको खेतीपाती नगरेर ओमिक्रोन कमजोर प्रजाति भएको तथा यसको असर सामान्य भएको तथ्य जनतासामु उजागर गरुन् ।

आशा गर्न सकिन्छ, कोरोना भाइरस यसैगरी कमजोर हुँदै जानेछ अनि मौसमी रुघाखोकीजस्तो सामान्य हुनेछ ।