२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँमा खोपको यात्रा …



अ+ अ-

असहज परिस्थितिमा पनि हिउँले ढाकेको बाटो हुँदै बागलुङ रणसिंहकिटेनी स्वास्थ्यचौकीकी अनमी प्रेमकुमारी केसीले खोप सामग्री बोकेर लैजाँदै गरेको फोटो सार्वजनिक भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आफ्नो फेसबुक पेजमा यसको पुष्टि गर्दै दुईवटा तस्बिर पोस्ट गरेको छ ।

तस्बिरमा केसीले खोप सामग्री बोकेर हिउँको बाटो छिचोल्दै गरेको देखिन्छ । निर्देशनालयले भनेको छ, “कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।” निर्देशनालयको सो तस्बिरमा ‘फेसबुकको भित्ताको सम्मानले पुग्दैन होला तेस्ता कर्मचारीलाई राज्यले विशेष सेवा सुविधा दिन पर्ने जस्तो लाग्यो’ भनेर कमेन्ट गरिएको छ ।

करिब एक वर्षअघि पनि मनाङमा पुल नहुँदा कठिन परिस्थितिमा खोप सामग्री लिएर दुई युवा खोलो तरिरहेको फोटो सार्वजनिक भएको थियो । सो फोटोलाई विश्व स्वास्थ्य सङ्गठनले समेत सार्वजनिक गर्दै प्रशंसा गरेको थियो ।

नेपालमा अहिले कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ । दैनिक हजारौँ कोरोना सङ्क्रमित थपिइरहेका छन् । कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि अहिले यसविरुद्धको खोपलाई नै प्रभावकारी मानिएको छ ।