२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ महिला विश्वकप छनोट: कुवेतविरुद्ध कप्तान पूजाको उत्कृष्ट शतक



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाली ब्याटर पूजा महतोले शतक बनाएकी छन् ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा जारी खेलमा पूजाले कुवेतविरुद्ध शानदार शतक बनाएकी हुन् ।

यू–१९ क्रिकेटमा पुजाको यो पहिलो शतक हो । उनले ५७ बलमा १२ चौकासहित शतक पूरा गरेकी हुन् ।

आफ्नो पाँचौं खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म १६.२ ओभरमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।