१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध



अ+ अ-

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टी२०मा ९३ म्याच खेलेका छन्। जसमा ११२४ रन बनाउँदै ६६ विकेट लिएका छन्।

राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्। टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वाल लिएको बताए।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्।

त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन्।

त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।

एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।