५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनलको बराबरी



LONDON, ENGLAND – NOVEMBER 10: Gabriel Martinelli of Arsenal celebrates scoring his team’s first goal during the Premier League match between Chelsea FC and Arsenal FC at Stamford Bridge on November 10, 2024 in London, England. (Photo by Stuart MacFarlane/Arsenal FC via Getty Images)
अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् ।

गएराति भएको लन्डन डर्बी खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

पहिलो हाफमा आर्सनलले अग्रता बनाएपनि गोलले मान्यता भने पाएन । ३३ औं मिनेटमा काइ हाभेर्ट्जले गोल गरेका थिए । तर भिएआरले उक्त गोल रद्द गरिदियो । हाभेर्ट्ज अफसाइड रहन पुगे ।

खेलको ६० औं मिनेटमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि घरेलु टोलि चेल्सीले बराबरी गोल फर्काए । पेड्रो नेटोले गोल गर्दै चेल्सीको हार टारे ।

यो नतिजापछि ११-११ खेल खेलेका चेल्सी र आर्सनल १९-१९ अङ्कका साथ तेस्रो र चौथो स्थानमा छन् ।