५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन



अ+ अ-

काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकसहित आधुनिक चिकित्सा पद्धति र परम्परागत सोवारिग्पा उपचार पद्धतिका १६ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए भने बिरामीलाई औषधि पनि नि:शुल्क वितरण गरिएको थियो ।

सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिनुभयो ।

विगत छ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरी चीनबाट समेत चिकित्सक झिकाएर बिरामीको नि:शुल्क स्वाथ्य परीक्षण तथा दीर्घरोगीलाई औषधि वितरण गर्ने गरिएको र यसबाट दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन मद्दत पुगेको अरनिको समाजका कोषाध्यक्ष डा सुशील प्रजापतिले बताउनुभयो । उहाँका अनुसार समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ । रासस