३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणनामा ह्यारिसभन्दा ट्रम्प अगाडि



अ+ अ-

काठमाडौ । अमेरिकाको ४७औं राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । केही ठाउँको मत परिणाम आउन थालेको छ । सुरुवाती मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म १५४ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।

त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस ८१ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

अहिले सार्वजनिक मतपरिणाम सुरुवातको हो । त्यसैले अहिलेकै अग्रतालाई लिएर कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ । सन् २०२० मा पनि सुरुवाती नतिजामा ट्रम्पले अग्रता बनाएका थिए । तर अन्तिममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले उनलाई पछाडि पारेका थिए । अन्तिम नतिजा आउन २/३ दिनसम्म लाग्न सक्ने देखिन्छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्राय: एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।

यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ । पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ ।

अहिलेसम्म सीएनएनको प्रोजेक्सनअनुसार पूर्वराष्ट्रपति ट्रम्पले केन्टकी, इन्डियाना, वेस्ट भर्जिनिया, अलाबामा, टेनिसी, मिसोरी, ओक्लाहोमा, फ्लोरिडा, साउथ क्यारोलाइना, अर्कान्सास, टेक्सस, नर्थ डकोटा, साउथ डकोटा, योमिङ राज्यमा जित्ने देखिन्छ । त्यस्तै उपराष्ट्रपति ह्यारिसले न्युयोर्क, इलिनोय, रोड आइल्यान्ड, डेलावेयर, डिस्ट्रिक्ट अफ कोलम्बिया, मेरिल्यान्ड, म्यासाचुसेट्स, भर्मोन्टमा जित हात पार्ने सक्ने सीएनएनको प्रोजेक्सन छ ।