२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द हङकङ सिक्सेस’: नेपालले अष्ट्रेलियालाई हरायो, प्रतिस एक्लैले लिए तीन विकेट



अ+ अ-

काठमाडौं । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ ।

एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो ।

नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ३३ रन बनाउँदा विवेक यादव र रसिद खानले समान १२-१२ रन बनाए भने नारायण जोशीले १ रन बनाए ।

बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए । यस्तै, लोकेश बम र विवेक यादवले १-१ विकेट लिए ।