काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क विवरण सार्वजनिक गरेको छ । अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी समेत लिन थालेको उक्त सार्वजनिक शुल्क विवरणमा उल्लेख गरिएको छ ।
निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ।
गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएकाको हकमा भने उपचार शुल्कमा छुट हुने अस्पताल प्रशासनले जनाएको छ ।
यस्तो छ कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क विवरण:-












