११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप  ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ ।

संक्रमितको यो संख्या हालसम्मकै धेरै रहेको छ । मंगलबार (हिजो) १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।