२५ कार्तिक २०८२, मंगलवार
,
Latest
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट च्वाइस् टेक्नोलोजिज् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी



अ+ अ-

काठमाडौँ । स्मार्ट च्वाइस् टेक्नोलोजिज् (एस्सिटि) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपालपे कार्ड जारी गर्न र अक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र एनपीएस–नेशनल कार्य स्विच कार्यान्वयनका लागि आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ ।

उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् एनपीएस–एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र अक्वायर गर्न सक्ने जनाइएको छ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीच मार्फत हुने जनाइएको छ ।

एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने, एस्सिटिले १० बैंक, ११ वित्तीय संस्था, १००ं सहकारी संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ ।