५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप टिकट विवादः माउन्ट एभरेस्टद्धारा रिट दायर



अ+ अ-

काठमाडौँ । माउन्ट एभरेस्ट प्रालीले उच्च अदालतमा रिट दायर गरेको छ ।

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको टिकटको ठेक्का खोसिएपछि सो संस्थाले रिट दायर गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचनाबिनै फाइनल खेलको टिकट खोसेको भन्दै माउन्ट एभरेस्ट उच्च अदालत पुगेको हो ।

एन्फाले टेण्डर आह्वान गर्दै माउन्ट एभरेस्टलाई ८० लाख रुपैयाँमा प्रतियोगिताको टिकट बिक्री ठेक्का प्रदान गरेको थियो ।

सेमिफाइनलमा क्षमता भन्दा बढी दर्शक रंगशाला प्रवेश गरेको भन्दै एन्फाले माउन्ट एभरेस्टलाई स्पष्टिकरण सोधेको थियो ।

माउन्ट एभरेस्टले एन्फालाई विपक्षी बनाएर रिट दायर गरेको छ । एन्फाका केही पदाधिकारीको मिलोमतोमा गैरकानुनीबाट टिकट खोसिएको माउन्ट एभरेस्टको आरोप छ ।

साफ महिला च्याम्पियनसिपको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।