३० कार्तिक २०८२, आईतवार
,
Latest
सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन ‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए शान्ता चौधरीको अचारको आउटलेटमा आगलागी सुनसरी पुगेर अध्यक्ष लिङ्देनले फेरि भने–चुनाव अघि नै राजा, जेन–जी र राजनीतिक दलबीच नयाँ समझदारी… मधेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण : सर्वोच्चको आदेश आजै आउन सक्ने ‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’ कुखुरापालनबाट मासिक एक लाख आम्दानी प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह पूर्वपश्चिम राजमार्गको विकल्प बन्दैछ हुलाकी सडक 
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट लिग–२: नेपाले स्कटल्याण्डको सामना गर्दै



अ+ अ-

काठमाडौं । अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ । यसअघि यही कात्तिक ११ गते भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

त्यसो त स्कटल्यान्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ । नेपाल र स्कटल्याण्डविचको खेल नेपाली समयानुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म छ एकदिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान तीनरतीन खेल जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले चार एकदिवसीय खेल खेल्नेछ ।

लिग–२ मा नेपालले ९ खेलमा सात ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा पाँच जित दुई हार र एक खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।

त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स ९युएई० सहभागी छन् ।