२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप फाइनलको टिकट अनलाइनबाट किन्न नपाइने, कसरी लिन सकिनेछ ?



अ+ अ-

काठमाडौँ । भोलि बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार अब टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने भएको छ ।

यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले अनलाइन टिकट बिक्री बन्द गराएको थियो ।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फा एक्शनमा उत्रिएको हो ।

एन्फाका अनुसार अधिकतम १० हजार टिकट विक्री गरिनेछ । एन्फाले एक व्यक्तिलाई भिआइपी तर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने व्यवस्था मिलाएको छ ।

साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने पनि प्रतिवद्धता जनाएको छ ।

रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।