४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

के प्रचण्डले निर्मल निवासको दैलो चिहाएका हुन् ?

के प्रचण्डले निर्मल निवासको दैलो चिहाएका हुन् ?
अ+ अ-

काठमाडौँ । सत्ताबाट बाहिरिएको दिनदेखि नै सरकार र विषेशगरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति आक्रामक बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार आयोजित खबरदारीसभामा पनि मनको तितो पोखे ।

त्यसो त सत्तामा सहयात्रा टुटेपछि एकले अर्का नेतालाई गालीगजौज गर्ने कुरा अब स्वभाविक भने होइन । नेपालको पछिल्लो राजनीतिमा नेताहरु मिल्दा चाटाचाट र टुटेपछि काटाकाट पनि हुने नै गरेको छ, नौला होइन । शनिबारको सभाका पनि त्यस्तै नै भयो ।

कार्यकर्ताले सुन्न चाहेको भाषण गरिदिएर ताली खानु र उनीहरुलाई पनि मेरा नेता त भिडेकै छन् भन्ने पार्नु बाहेक अन्य उपलब्धी जनताले देखेका छैनन् । अनि नेता यत्तिमै रमाउँदा अरु उपब्धि पनि देखिएको छैन । तर खबरदारीसभामा दाहालले अन्य दिनको यो अर्थात् नियमितता बनिसकेको भन्दा एक विल्कुल फरक प्रंसग पनि उठाउन छुटाएनन् । उनले भाषणकै क्रममा आफूँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्यो भनेर विरोधीहरुले स्यालहुइयाँ चलाइएको भनेर अकस्मात यो टिप्पणी बाहिर ल्याए ।

तर यो प्रसंगको अपेक्षा भृकुटीमण्डपको सो सभाले गरेको भने पटक्कै थिएन । उनले आफूले झापा र काठमाडौंमा भेट्यो भनेर हल्ला गरेको भन्दै, आपत्ति जनाएको शैलीमा यो प्रसंग आफ्नो मन्तव्यमा यसरी घुसाए कि बुझ्ने कार्यकर्ताले आफ्ना नेताले पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न खोजेका, चाहेका रहेछन् भन्ने कुरा लगभग स्पष्ट नै बुझ्न भ्याए ।

उनले आफूलाई ज्ञानेन्द्र भेट्यो भनेर बद्नाम गर्न खोजिएको समेत बताए । उनको भनाई थियो ‘मैले ज्ञानेन्द्र शाहलाई भेट्यो काठमाडौंमा भन्ने स्यालहुइयाँ छ । एकथरीले भन्छन् म झापा गएका बेलामा झापामा भेटें अरे मैले ज्ञानेन्द्र शाह पूर्वराजालाई । एकथरि यहीँ भेटे भनेर आए । हिजो त एउटा बरिष्ठ पत्रकार बिचरा ‘उहाँको दिमाग कसले चाटिदिएछ, ज्ञानेन्द्र शाहलाई भेटे प्रचण्डले भनेर उहाँले पनि लेख्दिनुभयो ।’

यसैमा उनले यो पनि थप्न भ्याए ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला ?’

भनिन्छ हावा नचली पात हल्लिँदैन । तर राजनीतिमा रुखको फेद हल्लाएर पात हल्लेको देखाउनुपर्ने अबस्था आउँदो रहेछ । यसरी रुख हल्लाए प्रचण्डले । र पात नहल्लिएको देखाउने चेष्टा सभामार्फत् गरे ।

आखिर किन प्रचण्डले यो प्रसंग उठाए त ? यो प्रश्न उनका कार्यकर्ताहरुले पनि सभा सकेर घर फर्कंदा आपसमा विश्लेषण गर्दै थिए । कार्यकर्तामात्र नभएर राजनीतिका हरेक बृत्तमा अहिले यो प्रसंग आपसी कुराकानीको विषय बनेको देखिएको छ ।

स्रोतका अनुसार गत भदौको अन्तिम साता प्रचण्डले पूर्वराजासँग नगरकोटमा भेट गर्ने प्रयास भएको न्युजपोलारले थाहा पाएको थियो । यसैगरी असोजको पहिलो साता झापामा भेट गर्ने प्रयास पनि भएकै थियो । हामीलाई स्रोतले यतिसम्म थाहा दिएको थियो कि¬ भद्रपुरबाट काठमाडौ फर्कने बेला समेत बिमानको टिकट पनि प्रचण्डले नै एउटै जाहाजको मिलाएका थिए । तर त्यस दिन मौसम बिग्रिएका कारण निर्धारित समयमा उडान नहुने भएपछि प्रचण्डले सोही साँझको उडानबाट काठमाडौ फर्किए भने पूर्बराजा भोलिपल्टको उडानबाट काठमाडौ आएका थिए । यो त प्रचण्डले भन्ने कुरा पनि भएन र अस्तिको सभामा भनेनन् पनि ।

पत्रकार किशोर नेपालले केही दिनअघि सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए ‘जनयुद्धका चीफ कमाण्डर तथा संघीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दर्शन भेट’ गर्नुभएको खबर धेरैका लागि अविश्वसनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।’

प्रचण्डले पत्रकार नेपालले अफबाह फैलाएको भन्दै असन्तुष्टि जनाएपछि बरिष्ठ पत्रकार नेपालले शनिबार नै फेरि आफ्नो दाबी दोहो-याउँदै अर्को ट्विट गर्दै लखेका छन् ‘आज आयोजित सभामा ‘आदरणीय जन समुदाय’लाई जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले चर्को स्वरमा सुनाउनु भएछ– मैले पूर्वराजालाई भेटेको छैन । ‘नभेटेको भए त यसरी चिच्याई चिच्याई जनतालाई जानकारी दिनुपर्ने आवश्यकता नै थिएन । सम्भवतः यो प्रचण्डजीको रणनीतिक वक्तब्य हो ।’

भनिन्छ‐ राजनीतिमा स्थायी शत्रु र मित्र कोही हँुदैन । असम्भब भन्ने पनि हुँदैन । प्रचण्डले बेमौसममा कार्याकर्ताबीच बजाएको यो बाजाको ताल वा सुर कुनै दिन लयसहित आयो भने आश्चर्य नमान्ने हुन्छ । उनी अहिले पनि पूर्वराजासँग भेटघाटका लागि लागिनै रहेकाले यो तालसुर मिल्ने र मिलाउने दिन धेरै टाढा नहुन पनि सक्छ ।