१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

कोप–२९ मा नेपालले के–के कुरा राख्छ ? यस्तो छ मन्त्रालयगत तयारी

कोप–२९ मा नेपालले के–के कुरा राख्छ ? यस्तो छ मन्त्रालयगत तयारी
अ अ+ अ-

काठमाडौँ । विश्व जलवायु सम्मेलन(कोप—२९) मा नेपालको तर्फबाट सशक्त प्रश्तुती राख्ने तयारी भइरहेको सरकारका निकायहरुले बताएका छन् ।

आईतवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विश्व जलवायु सम्मेलन(कोप—२९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीको सम्बन्धमा छलफल भएको थियो । छलफलमा बोल्दै सरोकारवाला मन्त्रालयका सचिव तथा प्रतिनिधिहरुले आ–आफ्नो मन्त्रालयबाट कोप—२९ का लागि उठाउनुपर्ने एजेण्डाहरुको सम्बन्धमा तयारी भइरहेको भन्दै सशक्त प्रश्तुती राख्नुपर्नेमा जोड दिएका थिए । साथै कोप—२९ मा राख्नुपर्ने प्रमुख विषयहरुको सम्बन्धमा पनि धारणा राखेका थिए ।

बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जलवायु परिवर्तनको असरका कारण विगतमा भएको क्षतिको विवरण तथ्यगत रुपमा राख्नेगरी तयारी गरिएको बताउनु भयो । उहाँले प्रभावितहरुलाई परेको असरको सम्बन्धमा भावनात्मक रुपमा सबैको मन छुनेगरी कुरा राख्नुपर्ने भन्दै त्यही रुपमा तयारी गरिएको जानकारी गराउनु भयो । उहाँले हिमालय देशहरुको समूहमा सशक्त रुपमा कुरा राखेर अगाडी बढ्ने तयारी भइरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरको सम्बन्धमा आउने स्रोत परिचालनको क्षमता बढाउनेगरी तयारी गरिरहेको कुरा कोप—२९ मा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले ऋणभन्दा अनुदान रकम ल्याउनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै कोष ल्याउनका लागि प्रक्रिया जटिल रहेको भन्दै प्रक्रियालाई सरल बनाउने आवाज पनि उठाउनुपर्ने उहाँको भनाई छ । उहाँले जलवायु परिवर्तनको अत्याधिक प्रभाव परेको मुलुकलाई क्षतिपूर्तिको लागि प्राथमिकतामा राख्ने कुरा सशक्त रुपले राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘स्पष्ट रुपले कुरा राख्न सक्नुपर्छ । विगतका डाटाहरुलाई प्रष्ट रुपमा राख्ने । तथ्यगत रुपले डाटाले बोल्ने । भावनात्मक रुपले मानव समुदायमा परेका असरका बारेमा पनि राख्नुपरो । यसरी तयारी गरिरहेको । नेपालले जलवायु परिवर्तनको असरबाट उत्थान गर्नका लागि आवश्यक तयारीहरु गरेको छ । यसमा हाम्रो राष्ट्रिय प्रतिवद्धता छ र राज्यकै तहमा संवेदनशील भएर गरेका छौँ । हाम्रा कार्ययोजना, रणनीतिहरु त्यस दिशामा छन् भनेर कुराहरु राख्नुपर्ने हुन्छ । त्यसरी नै तयारी गरेका छौँ । हिमालय देशहरुको समूहमा हामी सशक्त रुपले कुरा राखेर अगाडी बढ्ने तयारी भइरहेको छ । स्रोत परिचालन र फण्ड युटिलाइजेशनको हाम्रो क्षमतालाई बढाउनेगरी तयारी गरेका छौँ भन्नेकुरा उहाँहरुलाई बुझाउनै पर्ने हुन्छ । नीतिगत, कानूनी र रणनीतिगत रुपले कसरी तयारी गरेका छौँ, यो तयारीको हिसाबले हामीले उहाँहरुलाई विश्वस्त तुल्याउन सक्नुपर्छ । त्यो तयारी गरेका छौँ । प्रक्रिया सरलीकृत गर्न जोड दिनैपर्छ । किनभने स्रोत ल्याउनु भनेको गाह्रो नै परेको छ । प्रक्रिया सरलीकरण गर्ने हिसाबले कुरा राख्नुपर्छ । ऋणलाई भन्दा अनुदानमा जोड दिनुपर्ने हुन्छ । राष्ट्रिय प्रणालीबाट फन्डलाई एकरुपले परिचालन गर्नुपर्छ । कोप—२८ मा घोषणा भएको क्षतिपूर्ति कोषलाई कार्यान्वयनमा ल्याउने र जलवायु परिवर्तनको अत्याधिक प्रभाव परेको मुलुकलाई प्राथमिकता दिनुपर्ने कुरालाई सशक्त रुपले राख्नुपर्ने हुन्छ ।’

बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले जलवायु परिवर्तनका कारण नेपालका कृषकले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति माग गर्नु आफ्नो मन्त्रालयको एजेण्डा भएको बताउनु भयो । उहाँले हिमाली र पहाडी क्षेत्रको कृषि र कृषकलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले अनुकुलनको लागि अन्तर्राष्ट्रिय लगानी बढाउनुपर्ने र जलवायु वित्तमा पहुँच अभिवृद्धि गर्न यसका प्रावधान सरलिकरण गर्नुपर्ने पनि एजेन्डाको रुपमा राख्नुपर्नेमा जोड दिनुभयो । नोक्शानी र क्षति कोषबाट कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तनका कारणले हाम्रा कृषकले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति गरिनुपर्छ भन्ने नै हो पहिलो एजेण्डा कृषि मन्त्रालयको । यो विभिन्न रुपमा त्यहाँ फ्लोरहरुमा उठाउनुपर्ने र वार्तामा आउँछ । हिमाली र पहाडी क्षेत्रको कृषक र कृषिलाई प्राथमिकता दिइनुपर्दछ यसले तल्लो तटिय क्षेत्रका कृषिमा समेत सकारात्मक असर पर्दछ । अनुकुलनको लागि अन्तर्राष्ट्रिय लगानी बढाउनु पर्छ । जलवायु वित्तमा पहुँच अभिवृद्धि गर्न यसका प्रावधान सरलिकरण गर्नुपर्छ । यसलाई ग्रिल भित्रको नरिवल बनाउनु हुँदैन । नोक्शानी र क्षति कोषबाट कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ । जलवायु वित्तमा पहुँचको लागि नेपाल जस्ता मुलुकको क्षमता विकासमा लगानी र प्रविधिमा पहुँच बढाउनु पर्छ ।’

राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनीले नेपालले कोष परिचालनको क्षमता बढाउनुपर्ने बताउनु भयो । उहाँले कोष परिचालनका क्षमता वृद्धि नहुँदा अन्तर्राष्ट्रिय दाताहरुसँग माग्न पनि अपm्ठ्यारो परिरहेको भन्दै कोष परिचालनको क्षमता अभिवृद्धि भएको कुरामा विश्वसनीय बनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले छिमेकी देशहरुसँग पनि जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभावको सम्बन्धमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी देशहरुसँग जलवायु कुटनीति प्रयोग गरेर वार्ता, छलफल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘फण्डको कार्यान्वयन क्षमता नहुँदाखेरी कतिपय अन्तर्राष्ट्रिय दाताहरुले पैसा त छ खोइ खर्च गरेको भनिदिने एकदमै ठूलो इस्यु छ । यो जवाफ दिन सक्नुपर्नेछ । त्यसको लागि नीतिमा के सुधार गर्नुपर्ने हो, ऐन, नियममा के सुधार गर्नुपर्ने हो, त्यसमा एकदमै जोड दिनुपर्ने हुन्छ । त्यो नभइकन हामीले माग्ने हैसियत पनि गुमाउँछौ जस्तो लाग्छ । हामी यो यो क्षेत्रमा यसरी खर्च गर्छौं, हामीसँग क्षमता छ भन्नेकुरामा तयारी चाहियो त्यो विश्वसनीयता जघाउनुपर्ने अवस्था मैले देखेको छु । जहिलेपनि अन्तर्राष्ट्रिय फण्डहरु खोज्ने । हाम्रो छिमेकीहरुसँग पनि बार्गेनिङ गर्न सक्नुपर्ने छ । जलवायु कुटनीति त्यहाँ प्रयोग गर्नुपर्ने देखिन्छ । किनभने हाम्रो छिमेकीहरु अहिले संसारको सबैभन्दा पोलुटर९प्रदुषण गर्ने० को रुपमा छन् । छिमेकमा पनि फोकस गर्नुप¥यो । कोपमा यि देशका प्रतिनिधिसँग पनि हाम्रो वार्ता हुनुप¥यो । र त्यसको लागि उनीहरुले गरेको प्रदुषणमा हाम्रो हिमालहरुमा देखिएको छ ।’

त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले कोप—२९ मा हिमालय देशहरुको समूह बनाएर अगाडी बढ्नुपर्ने र आफ्ना कुराहरु राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले जलवायु न्याय, लिङ्ग, समावेशीकरण र हिमालयन देशहरुको भर्सनबाट नेपालले आफ्नो कुरा राख्ने तयारी गरिरहेको बताउनु भयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशिलचन्द्र आचार्यले पनि जलवायु वित्तमा पहुँचका लागि स्थापित प्रक्रियाहरुलाई सरलीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रक्रियामा ढिलाइ हुँदा हरित गृह ग्याँस न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरु अगाडी बढ्न नसकेका बताउनु भयो । उहाँले जलवायु वित्तमा पहुँचका लागि कन्ट्री एलोकेशनमार्फत अन्य प्रक्रियाहरुको सरलीकरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जलवायु वित्तमा पहुँचका लागि स्थापित प्रक्रियाहरुको सरलीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । सम्बन्धन प्राप्त गर्नुपर्ने प्रावधान र उक्त सम्बन्धनका लागि खर्चिनुपर्ने लामो समय साथै सम्बन्धन पछि पनि प्रश्तावको अवधारणादेखि स्वीकृत हुन लाग्ने लामो समयका कारण जलवायु वित्तको पहुँचमा ढिलाई हुँदा तत्काल आवश्यक रहेका हरित गृह ग्याँस न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरु समयमा अघि बढ्न नसकेको अवस्था देखिन्छ । जलवायु वित्तमा पहुँचका लागि कन्ट्री एलोकेशनमार्फत अन्य प्रक्रियाहरुको सरलीकरण गर्नुपर्ने देखिन्छ । विशेषगरी नेपालको हाइड्रोपावर क्षेत्रमा जलवायु वित्तमार्फत लगानी गर्नुपर्ने देखिन्छ ।’

उहाँले जलवायु वित्तमार्फत नेपालको हाइड्रोपावर क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो ।