१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थितिका विषयमा छलफल हुने छ । त्यसैगरी समसामयिक राजनीति र जारी आन्दोलनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा यही कात्तिक २ गते पार्टी सभापति लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही राति पोखरा लगिएको थियो । कास्की जिल्ल अदालतले पहिलो पटक अनुसन्धानका लागि दिएको ६ दिनको समय सकिएपछि बिहीबार फेरि ७ दिनको समय थप भएको छ ।

६ दिनसम्म पोखरामा प्रदर्शन गरेको रास्वपाले हिजोबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । रास्वपाले हिजो काठमाडौंमा भएको प्रदर्शनको समेत आजको केन्द्रीय समिति बैठकमा समीक्षा गर्नेछ ।