२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने



अ+ अ-

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिनुभएको छ । रङ्गशालाको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रङ्गशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी तीव वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उहाँले बताउनुभयो ।

पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उहाँको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताउनुभयो । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उहाँले बताउनुभयो । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उहाँले बताउनुभयो ।

एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ, भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उहाँले बताउनुभयो । रङ्गशाला निरीक्षणमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
–––