१२ श्रावण २०८३, मंगलवार
,
Latest
संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने



अ+ अ-

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिनुभएको छ । रङ्गशालाको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रङ्गशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी तीव वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उहाँले बताउनुभयो ।

पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उहाँको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताउनुभयो । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उहाँले बताउनुभयो । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उहाँले बताउनुभयो ।

एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ, भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उहाँले बताउनुभयो । रङ्गशाला निरीक्षणमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
–––




भर्खरै