९ कार्तिक २०८१, शुक्रबार
,
Latest
‘दाना’ चक्रवातको असरले नेपालमा केही ठाउँमा पानी पर्ने धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध विद्युत प्राधिकरणले काट्यो महसुस नतिर्ने उद्योगको लाइन महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणले काट्यो महसुस नतिर्ने उद्योगको लाइन



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । प्राधिरकणले हिजो बेलुकादेखि नै उद्योगको लाइन काट्न थालेको हो ।

प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटेको छ ।

जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् ।

गत गत २४ असोजमा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।