७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जिबीको सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवर कसरी तानिए ?

जिबीको सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवर कसरी तानिए ?
अ+ अ-

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईको सहकारी ठगी धन्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको पनि नाम जोडिएको छ । जिबीले सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका कुँवर उनको कानुनी सल्लाहकार रहेको खुलेको हो । कुँवर  नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरका दाई हुन् ।

जिबीको व्यक्तिगत मात्र नभई रकम अपचलन गरिएका संस्थामा पनि कुँवर कानुनी सल्लाहकार थिए । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले नै यसलाई पुष्टि गरेको छ भने प्रहरी अनुसन्धानबाट पनि देखिएको छ । तर, सत्ता र प्रहरी प्रशासनमा भएको पहुँच र शक्तिका कारण कुँवरमाथि अनुसन्धान नै गरिएको छैन ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुखसमेत हुन् ।

कुँबरले जिबी राईको नेचर हर्ब्सलगायत कम्पनीका कानुनी सल्लाहकारका रूपमा काम गरेका छन् । त्यसबापत उनले डेढ वर्षसम्म पारिश्रमिक नै बुझेका छन् ।

सहकारी ठगी प्रकरणमा अहिले प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलगायतलाई जिबी राईसँग जोड्न पनि कुँवरको भूमिका थियो । जिबी राई विदेश भाग्नुअघि कुँवरले नै उनलाई सहयोग गरिरहेका थिए ।

जिबीका पूर्वसाझेदार छविलाल जोशीले पनि जिबी र कुँवरको घनिष्ठता खुलाएका छन् । आफू कुँवरकै सल्लाहमा जिबीसँग व्यावसायिक साझेदार बनेको संसदीय छानबिन समितिसमक्ष उनले बयान दिएका छन् ।

कुँवरले पनि करिब डेढ वर्ष आफू जिबी राईको कम्पनीमा कानुनी सल्लाहकार भएको स्वीकार गरेका छन् । तर, जिबीले सहकारीबाट ठगी गरेको रकम ती कम्पनीमा लगेको विषय आफूलाई जानकारी नभएको उनको दाबी छ ।

‘नेचर हर्ब्स भन्ने एउटा कम्पनी थियो । त्यो कम्पनीको कन्सलटेन्स थिएँ, त्यो सत्य हो । छविलाल (जोशी) मेरो गाउँको मान्छे हो, उसले जबर्जस्ती सल्लाहकार बस्नुपर्छ भनेर केही समय बसेको हुँ । करिब डेढ वर्ष सल्लाहकारका रूपमा काम गरेँ । पारिश्रमिक पनि लिएको सत्य हो । तर, त्यो कम्पनीमा सहकारीबाट पैसा आएको जानकारी थिएन, छोडेपछि मात्र थाहा पाएको हुँ । सहकारी ठगीबारे मलाई कहीँकतै जानकारी छैन ।’ गोर्खा मिडियामा आफू कानुनी सल्लाहकार नभएको कुँवरको दाबी छ ।