२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिबीको सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवर कसरी तानिए ?



अ+ अ-

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईको सहकारी ठगी धन्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको पनि नाम जोडिएको छ । जिबीले सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका कुँवर उनको कानुनी सल्लाहकार रहेको खुलेको हो । कुँवर  नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरका दाई हुन् ।

जिबीको व्यक्तिगत मात्र नभई रकम अपचलन गरिएका संस्थामा पनि कुँवर कानुनी सल्लाहकार थिए । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले नै यसलाई पुष्टि गरेको छ भने प्रहरी अनुसन्धानबाट पनि देखिएको छ । तर, सत्ता र प्रहरी प्रशासनमा भएको पहुँच र शक्तिका कारण कुँवरमाथि अनुसन्धान नै गरिएको छैन ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुखसमेत हुन् ।

कुँबरले जिबी राईको नेचर हर्ब्सलगायत कम्पनीका कानुनी सल्लाहकारका रूपमा काम गरेका छन् । त्यसबापत उनले डेढ वर्षसम्म पारिश्रमिक नै बुझेका छन् ।

सहकारी ठगी प्रकरणमा अहिले प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलगायतलाई जिबी राईसँग जोड्न पनि कुँवरको भूमिका थियो । जिबी राई विदेश भाग्नुअघि कुँवरले नै उनलाई सहयोग गरिरहेका थिए ।

जिबीका पूर्वसाझेदार छविलाल जोशीले पनि जिबी र कुँवरको घनिष्ठता खुलाएका छन् । आफू कुँवरकै सल्लाहमा जिबीसँग व्यावसायिक साझेदार बनेको संसदीय छानबिन समितिसमक्ष उनले बयान दिएका छन् ।

कुँवरले पनि करिब डेढ वर्ष आफू जिबी राईको कम्पनीमा कानुनी सल्लाहकार भएको स्वीकार गरेका छन् । तर, जिबीले सहकारीबाट ठगी गरेको रकम ती कम्पनीमा लगेको विषय आफूलाई जानकारी नभएको उनको दाबी छ ।

‘नेचर हर्ब्स भन्ने एउटा कम्पनी थियो । त्यो कम्पनीको कन्सलटेन्स थिएँ, त्यो सत्य हो । छविलाल (जोशी) मेरो गाउँको मान्छे हो, उसले जबर्जस्ती सल्लाहकार बस्नुपर्छ भनेर केही समय बसेको हुँ । करिब डेढ वर्ष सल्लाहकारका रूपमा काम गरेँ । पारिश्रमिक पनि लिएको सत्य हो । तर, त्यो कम्पनीमा सहकारीबाट पैसा आएको जानकारी थिएन, छोडेपछि मात्र थाहा पाएको हुँ । सहकारी ठगीबारे मलाई कहीँकतै जानकारी छैन ।’ गोर्खा मिडियामा आफू कानुनी सल्लाहकार नभएको कुँवरको दाबी छ ।