१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङका पुराना पत्रकार बर्माको निधन



अ+ अ-

धादिङ । धादिङ जिल्लामा लामाे समयदेखि पत्रकारिता गरिरहनु भएका सीतारामप्रसाद बर्माको शुक्रबार बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्याे । उहाँले कोरोनाबाट भने विजय प्राप्त गरेका जनाइएको छ । 

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनु भएकाे थियाे । करीब तीन दशकदेखि राससमा कार्यरत उहाँ राससबाट पनि सम्मानित हुनु भएकाे थियाे । गोरखा पुख्यौली थलो भई धादिङलाई कर्मथलो बनाउनु भएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।