४ कार्तिक २०८१, आईतवार
,
Latest
भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ गृहमन्त्री लेखकको प्रश्न: आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन… महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची मनाङमा लेक लागेर पर्यटकको मृत्यु कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुति



अ+ अ-

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरुको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गर्नुभएको थियो । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो ।

यसपछि चिगो (सानो धिमे), घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गर्नुभएको थियो । बादन र नृत्यको सुदनमान मुनिकारले निर्देशन गर्नुभएको थियो ।

मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी हुनुहुन्थ्यो । यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आउनुभएको थियो ।

यससँगै झोछेँ प्रवेश मार्गतर्फ १२५ जना कलाकारले फ्युजन अर्केष्ट्रा प्रस्तुत गर्नुभएको थियो । स्थानीय खलपुच:का बाद्यबादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी व्याण्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब व्याण्ड, भ्याइलिन समूहसँगै पहिलो पटक दबदब समूहको अर्केष्ट्रामा बादन प्रस्तुत भएको थियो । बादनमा चर्या नृत्य, मयुर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको थियो । विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी थियो । अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो ।

सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्धनको उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै हस्तकला तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरु राखिएका थिए । यसबेला वसन्तपुर घुम्न आउने पर्यटकलाई वग्गीमा राखेर घुमाइएको थियो । यस्तै औपचारिक कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रुपमा आसन ग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो ।