८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

धान उत्पादन सात प्रतिशत बढ्ने

धान उत्पादन सात प्रतिशत बढ्ने
अ+ अ-

पर्वत । पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ ।  रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु, हावाहुरी, रोग किरा तथा असिना नपर्नुजस्ता अनुकूल समय परेकाले यस 
वर्ष धान उत्पादन बढ्ने भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

गत वर्ष भने रोप्ने बेला लामो समय परेको खडेरी, बाला लाग्ने बेला कालो पोकेको प्रभाव र थन्क्याउने बेला आएको असिना पानीका कारण पर्वतमा १० प्रतिशतले धान उत्पादन घटेको थियो । यस वर्ष धानखेतीका लागि दशककै राम्रो मौसम परेको  केन्द्रले जनाएको छ । 

पर्वतमा मुख्य बालीको रुपमा चिनिने धान बालीको उत्पादन बढेपछि चामल आयात समेत घट्ने भएको छ । पर्वतमा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अघिल्लो वर्ष २६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर २७ हजार ९१६ मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा भने भने प्रतिकूल मौसमका कारण घटेर साढे २३ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन भएको थियो कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो । 

पर्वतको जमीनमा औसतमा प्रतिहेक्टर २ दशमलब ९१ प्रतिशत मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा स्थानीय छेमरोङ, जेठोबुढो, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायतका धान खेती हुँदै आएको छ । यसवर्ष कटुवाचौपारी, कुर्घा, पाङ, विहादी, र पैंयु क्षेत्रमा उत्पादन बढ्ने भएको छ । 
यसैबीच यहाँका कृषकलाई यतिवेला बालीनाली थन्क्याउन भ्याइनभ्याई भएको छ । कृषकहरु बिहानैदेखि बेलुकासम्म खेतवारीमै व्यस्त हुन थालेका छन् । थन्क्याउने बेलामा पनि मौसम सफा भएका कारण कृषकहरु बिहानैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त देखिएका छन् । उच्च पहाडी भेग र छिटो रोपाई भएका ठाउँका कृषकले धान थन्क्याइसकेका छन् भने मुख्य धान पकेट क्षेत्रमा भने काट्न शुरु भएको ज्ञान केन्द्रले जनाएको छ । 
सत्र सडक कालोपत्रे गरिँदै

जिल्लामा यस वर्ष डेढ दर्जनभन्दा बढी सडक कालोपत्रेको चरणमा रहेका छन् ।  जिल्लाका सवै वस्तीहरुमा सडक सुविधा पुगेको पर्वतमा यस वर्ष १७ वटा मुख्य सडक कालोपत्र गरी सम्पन्न हुने भएका छन् ।

सदरमुकाम कुश्माबजारदेखि उत्तर र दक्षिणी क्षेत्रका सवै वडामा मुख्य सडकले छोएको छ । कच्ची सडक खनिएको लामो समय भइसक्दा पनि सडकको अवस्थामा भने जीर्ण अवस्थामा थिए । अधिकांश सडकमा वर्षात्को समय सवारीसाधन चल्न नसक्ने अवस्था थियो । 
पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा यस वर्ष १७ वटा सडक कालोपत्र गर्ने काम शुरु भएको छ । केही सडकहरु बहुवर्षिय ठेक्कामार्फत कालोपत्रेको चरणमा छन् भने केही सडक वार्षिक कार्यतालिकाअनुसार चालु आर्थिक वर्षभिै सम्पन्न गर्ने गरी काम शुरु भएको छ । 

जिल्लाको सबैभन्दा पुरानो सडक दोविल्लादेखि फलेवाससम्मको सडक यही वर्ष नै पूरा हुँदैछ । दोविल्लादेखि साइकलचोक हुँदै मल्याङ्दी खोलासम्म सडक कालोपत्रे भए पनि बाँकी खण्ड साइकलचोकदेखि फलेवास ढिकसम्मको काम गण्डकी प्रदेश सरकारमार्फत सडक कालोपत्रेको काम भइरहेको छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकारले रणनैतिक सडकको रुपमा मिलनचोक–सल्यान–घाहाखेत–धाइरिङ–धारापानी–ठाट्नेरी सडक तथा चिसापानी–हुवास–वहाकी सडक पनि कालोपत्रे गर्दैछ । दुवै सडकमा ठेक्का आह्वान भई काम शुरु भइसकेको छ । दक्षिण पर्वतको चिसापानी–हुवास सडक खण्डमा भने कालोपत्रे विच्छाउने काम शुरु भइसकेको छ ।

यस्तै सडकको बर्राचौर–खहरेखोलादेखि रानीपानी–बहाकी सडक पनि सङ्घीय सरकारमार्फत कालोपत्रे भैरहेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । ग्रामीण सडक सञ्जाल आयोजना ९आरसिआइपी० कार्यक्रमअन्तर्गत जिल्लाका दुई सडक तीन खण्डमा कालोपत्रे हुँदैछ । कुश्मादेखि हुवास जोड्ने मुख्य सडकको लमायखोला–लुङ्खु खण्ड तथा हुवास–लुङ्खु सडकको काम सो कार्यक्रमले कालोपत्रे गर्दैछ । यसैगरी सोही कार्यक्रमले अर्मादी–खुर्कोट–बनौ सडकमा पनि कालोपत्रे गर्दैछ । 

भूकम्पले क्षतिग्रस्त सडकमा सिफारिस भएको पातिचौर–देउपुर–लप्सीबोट भुक सडकको काम तीब्र गतिमा भैरहेको पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतले जनाएको छ । डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडकमा पनि कालोपत्रेको काम भइरहेको छ । चालु वर्षभित्रै यी सडकको कालोपत्रेको काम सकिने निर्माण व्यवसायीले बताएका छन् । डिमुवा–तिलाहार सडक खण्डमा अहिले कालोपत्रे बिच्छाउने काम भइरहेको छ । 

यसैगरी कुश्मा–दुर्लुङ–क्याङ सडक र साइकल चोक–गहतेपोखरा–ठुलिपोखरी सडकमा पनि वार्षिक कार्यक्रमअनुसार कालोपत्रेको काम अघि बढेको छ । कुश्मा– दुर्लुङ सडक खण्डमा अहिले कालोपत्रे बिच्छाउने काम भइरहेको छ । प्रदेश सरकारमार्फत नै सिल्मी–ठूलीपोखरी–खौला सडक, पातिचौर–बाजुङ–क्याङ सडक, लमायखोला–लिमिठाना–ठानामौला–भंगरा–थापाठाना सडकमा पनि वार्षिक कार्यक्रमअनुसार कालोपत्रेको चरण अघि बढेको छ । सिल्मी–ठूलीपोखरीको अधिकांश भाग कालोपत्रे भैसकेको छ । जिल्लाको सदरमुकाम कुश्मा बजारभित्रको सडक पनि अहिले कालोपत्रे भइरहेको छ । केही भाग प्रदेश सरकार र मुख्य बजार क्षेत्रको भाग सङ्घीय सरकारले कालोपत्रे गरेको हो । 

राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गअन्तर्गतको शालिग्राम–रानीपानी सडक पनि कालोपत्रेको लागि अघि बढेको छ । यो सडक पनि वहुवर्षिय ठेक्कामार्फत कालोपत्रे हुँदैछ । जिल्लाको पुरानो बजार क्षेत्र कार्कीनेटालाई केन्द्र मानेर कार्कीनेटादेखि पोखरा जाने सडकको स्याङ्जासम्मको खण्डको कालोपत्रेको काम जारी छ । सोही सडकको कार्कीनेटा–थापाठाना–शङ्करपोखरीदेखि खानीगाउँसम्मको सडकलाई पनि कालोपत्रे गर्ने गरी चक्लाबन्दीको काम भइसकेको छ ।

प्रदेश सरकारसँग साझेदारी गर्ने गरी महाशिला गाउँपालिकाले पाखापानी– मल्कावाङ–जोरकाफल–लुङ्खु सडक पनि कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरीसकेको छ । जिल्लाका सबै मुख्य सडक कालोपत्रे गराउने आफ्नो प्रतिबद्धतालाई मूर्त रुप दिन आफू लागिपरेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो । सबै सडक गरी यस वर्ष १५० किलोमिटरभन्दा बढी कालोपत्रे हुने भएको छ । 
अहिले जिल्लामा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, सङ्घीय सरकारको सडक डिभिजन कार्यालय, ग्रामीण सडक सञ्जाल आयोजना, पुर्ननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाई तथा सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत जिल्लामा सडक सञ्जाल विस्तार र स्तरोन्नतिको काम भइरहेको छ ।