८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

भाईमसलाले बजार पाएन

भाईमसलाले बजार पाएन
अ+ अ-

काठमाडौं । तिहारमा प्रयोग हुने भाईमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । 

भाईमसलाको मूल्य घटेपनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ । भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् । यी मसलाहरुको गुणस्तर अनुसार फरक भएपनि विगत वर्षहरु भन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका संजयदत्त तुलाधरले बताउनुभयो । मूल्य कम भएपनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उहाँले बताउनुभयो । 

बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भएपनि खुद्रा पसलहरुमा मूलय फरक पाइएको हो । सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताउनुभयो । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको उहाँको भनाई छ ।

यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ । होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला विक्रि हुने गरेको भएपनि कोभिड—१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो । व्यापारीहरुले धरै समयसम्म गोदममै सामान राख्दा विग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन् । अहिलेपनि कोभिड —१९ को जोखिम कायमै रहेको छ । सरकारले चाडपर्वहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ ।