९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त
अ अ+ अ-

जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ ।

तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न  व्यस्त रहेको बताउनुभयो । दसैँ सकिएसंगै मार्सीधान भ्यिाउन हतारो भएको सिंजा गाउँपालिकाका  जयशङ्कर धितालले बताउनुभयो ।

गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । पछिल्लो समय मार्सीधानमा मरुवा रोगको जोखिम बढेसँगै किसान उन्नत जाततर्फ आकर्षित हुन थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा दुई हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गतवर्ष एक हजार पाँच सय हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक सय हजार दुई सय हेक्टरमा झरेको प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

जिल्लाका गुठिचौर र तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र सिंजा भेगका किसान मार्सीधान काट्न व्यस्त भएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्ला सदरमुकाम खलङ्गामा रहेका कोशेली घरमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा मार्सी चामल पर्ने गरेको व्यवसायी अर्जुन बुढाले जानकारी दिनुभयो । बजारमा मार्सी चामलको माग बढेपछि  सुर्खेत, नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा पठाइने गरेको जनाइएको छ ।

जिल्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको छ । तत्कालीन राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको जनाइएको छ ।

करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुआत गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङको हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । रासस