५ मंसिर २०८१, बुधबार
,
Latest
कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको होः कमल थापा नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग स्वामीकार्तिक उपनिर्वाचनः थापा र विकको उम्मेदवारी फिर्ता लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी हुन जरुरी छ : राष्ट्रपति पौडेल नेप्से परिसूचक नौ अङ्कले बढ्यो काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान लोकरिझ्याँईको राजनीति गलत होः मन्त्री गुरुङ एमालेले फेर्यो सभास्थल, दरबारमार्गमा आयोजना हुने इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई हरायो



अ+ अ-

काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले जित निकालेको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमात्रै बनाउन सक्यो ।

उसका लागि शयान जहांगिरले ६० रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै, एन्ड्रिस गोउसले ३०, जसदीप सिंहले १६, मिलिन्द कुमारले २२ रन जोडे ।

बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, गुलशन झा र करण केसीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनायो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए ।