८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना प्रभाव: बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

कोरोना प्रभाव: बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा
अ+ अ-

टीकापुर । पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ । “आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ । त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप सङ्कटमा पर्यो”, सन्देश बादी भन्नुहुन्छ, “सबैभन्दा बढी व्यापार हुने समय दशैँ र तिहारमा पनि खासै कारोवार हुन सकेन । यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, बनाएका मादल थन्किएका छन् ।” कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै काम नआएको गौरीगङ्गा नगरपालिका–१ माघी शिविरका खड्क बादीको भनाइ छ । “दशैँतिहारमा रातदिन मादल बनाउनुपथ्र्यो, यस वर्ष कामै छैन”, खड्क भन्नुहुन्छ, “मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन् ।”

कैलालीको टीकापुर–८ सत्तीमा बादी समुदायको पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरी मादल बनाउने र बेच्ने गरिँदै आएको छ । विगतका वर्षमा थारू समुदायले दशैँमा धुमधाम नाचगान गर्थे । “थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन”, सञ्चालक समितिका सदस्य सुरज बादी भन्नुहुन्छ, “थारूगाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे । यस वर्ष तिहारमा पनि बिक्री हुने छाँटकाँट छैन ।” सुरज रु ८० हजार खर्च गरी बनाइएका मादल थन्किएका बताउनुहुन्छ । “यस वर्ष रु साढे दुई लाखसम्म कमाउने समितिको योजना थियो”, सुरजले भन्नुभयो, “कोरोना महामारीका कारण हाम्रो त लगानी पनि उठ्न सकेन ।”

बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्यौली पेशाको रूपमा रहेका सुल्फा र मादल बनाउने पेशासमेत लोप हुँदै गएका छन् । मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा पर्न थालेको बादी समुदायका अगुवा अर्जुन बादीको बुझाइ छ । “पुख्र्यौली पेशा संरक्षण गर्नुपर्छ”, अर्जुनले भन्नुभयो, “तर आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ । यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ ।” अर्जुन मादल बनाउने पेशा बादी समुदायको पुख्र्यौली पेशामध्येको एक भएकाले नेपाली संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिनुुहुन्छ ।
 
पछिल्लोसमय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हँुदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने खप्तड सांस्कृतिक परिवार टीकापुरका पूर्वअध्यक्ष तथा कलाप्रेमी नवराज रिमाल जोड दिनुहुन्छ । “मादल हाम्रो पहिचानसँग जोडिएको छ”, रिमाल भन्नुहुन्छ, “नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण आवश्यक छ ।”