३० आश्विन २०८१, बुधबार
,
Latest
बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति पौडेल सुर्खेतमा सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पौडेल कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री सर्वोच्चको न्यायाधीशमा प्रस्तावित निरौलाविरुद्ध दुईवटा उजुरी ,भवन निर्माणमा अनियमिता गरेको आरोप-उजुरीको पूर्णपाठ रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टि बज्नासाथ झस्कन्छु सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् : प्रधानमन्त्री ओली प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै: गृहमन्त्री लेखक मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन: सञ्चारमन्त्री गुरुङ पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ: एमाले समुद्रमा ६६ दिन बिताउनुपर्दा …
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफमा यसपल्ट च्याम्पियन बन्छौं– कप्तान एञ्जिला



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । बिहीवारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तान च्याम्पियन हुने लक्ष्य रहेको बताउनुभएको हो । उहाँले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गर्नुभयो । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिनुभएको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीवार भारत र पाकिस्तान भिँड्दैछन् ।

आयोजक नेपालले भने शुक्रवार भूटानसँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्दैछ । पहिलो लक्ष्य समूहचरणका खेलमा राम्रो गर्नु रहेको बताउनु भयो साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ । डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उहाँको भनाइ छ । कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औंल्याउनु भयो ।

केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताउनु भयो । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उहाँको भनाइ छ । प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताउनु भयो ।

पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उहाँको बुझाइ छ । यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उहाँ बताउनुहुन्छ । तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उहाँको विश्वास छ ।

नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्दी नहुने उहाँको भनाइ छ । सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउनु हुन्छ । आफ्ना दुई स्ट्राइकरमध्ये रेखाले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारीले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उहाँको बुझाइ छ । तर सावित्राको क्षमताप्रति कुनै शंका नरहेको उहाँले बताउनु भयो ।

महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताउनु भयो । बंगलादेशले राम्रो तयारी गरेकाले डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने पिटरको विश्वास छ । तर सबै टोलीलाई उतिकै बलियो टोलीका रूपमा खेल्ने पनि उहाँको भनाइ छ ।

बंगलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मेहनेत गरेको र टोली सन्तुलित रहेकाले सुखद् प्रदर्शन गर्नेमा आशावादी देखिनुभएको छ । साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गर्नुभयो । प्रशिक्षक कश्यपले २१ दिन मात्रै तयारी गरे पनि ट्याक्टिल रूपमा राम्रा खेलाडीबीच टोली बलियो बनेको विश्वास व्यक्त गर्नुभयो ।

भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताउनु भयो । साथै उहाँले टोलीमा अनुभवी र युवा खेलाडीहरू रहेको पनि बताउनु भयो । उहाँले केही अन्तर्राष्ट्रिय प्रतिष्पर्धा पनि गरेकाले सुखद् नतिजा आशा गरेकी छन् । माल्दिभ्सका प्रशिक्षकले प्राप्त अवसरअनुसार राम्रो तयारी गरेको र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताउनु भयो । कप्तानले भने आफ्नो टोलीले राम्रो तयारी गर्न नपाएको उल्लेख गर्नुभयो ।

पाकिस्तानका प्रशिक्षक अदिल रिज्कीले तयारी राम्रो रहेको पछिल्लो संस्करणको तुलनामा यसपल्ट धेरै सुधारिएको टोली रहेको बताउनु भयो । उहाँले यसपल्ट टोलीमा केही नयाँ खेलाडीहरू पनि रहेको उल्लेख गर्नुभयो । भारतसँग पहिलो खेल भएपनि बिना दबाब खल्ने र दुई देशबीचको रोचक प्रतिष्पर्धामा राम्रो खेल प्रश्तुत गर्ने प्रशिक्षकको आशा छ ।
कप्तान मारिया खानले अन्तर्राष्ट्रिय प्रतिवन्धपछि आफ्नो टोली अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राम्रो लयमा फर्किएको उल्लेख गर्नुभयो । दुई वर्षपछि नेपाल फर्किंदा सुधारका साथ आएकाले प्रतियोगिताका लागि उत्साहित रहेको मारियाको भनाइ छ ।

श्रीलंकाले करिव ४० दिन यस च्याम्पियनसिपका लागि तयारी गरेको छ । श्रीलंकन टोलीका प्रशिक्षक एमएच रुमीले राम्रो तयारी भएकाले कुनैपनि खेलाडीलाई गल्ती गर्ने छुट नरहेको बताएका छन् । पछिल्ला साफपछि श्रीलंकामा फुटबल खेल्न गाह्रो भएको प्रशिक्षकको भनाइ छ । श्रीलंकाका प्रशिक्षकले करिव ४० दिनको तयारीबाट टोली राम्रो आकारमा आएको बताउनु भयो । श्रीलंकाकी कप्तान तुसान मधुसिकाले लामो समयदेखि तयारी गरेको र टिम पनि राम्रो रहेकाले यसपल्ट सुखद् प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो ।

भूटानले यस च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेकाले आफ्नो टोली उत्साहित गरेको कप्तान पेमा छोडेन छिरिङले बताउनु भयो । भूटानकी प्रशिक्षक निकोला डे मेनीले आफ्नो समूहमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताउनुभएको छ । माल्दिभ्सका प्रशिक्षकले यस च्याम्पियनसिपका लागि आफ्नो टोलीको तयारी पर्याप्त नभए पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो । यस च्याम्पियनसिपका लागि पूर्णरूपमा तयार गर्न नपाए पनि राम्रो प्रदर्शन गर्ने माल्दिभ्सको विश्वास छ ।

च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।