८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाली नागरिकता पाउनै गाह्रो

नेपाली नागरिकता पाउनै गाह्रो
अ+ अ-

काठमाडौं । संविधान जारी भएको एक वर्षभित्रमा बन्नुपर्ने नागरिकता विधेयक संसद्बाट पारित नहुँदा पशुसरह जीवन बिताउन बाध्य हुनु परेको पीडितको गुनासो छ । महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा अर्जुन साहले सर्वोच्च अदालतबाट विसं २०७४ मा नागरिकता दिनू भनी आदेश दिए पनि पाउन नसकिएको गुनासो गर्नुभयो । 

नागरिकता नभएकै कारण राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको पीडितको दुःखेसो छ । “नागरिकता नहुँदा स्थायी लेखा नं (प्यान नं) पनि आफ्नो नाममा लिन पाएको छैन, संविधानले तोकेबमोजिमको कागजात भएर नागरिकता नपाउने सयौँ मानिस मेरो समुदायमा छन्, मुख्यमन्त्रीलाई यस विषयमा कुरा गर्दा नागरिकतासम्बन्धी कानून निर्माणलगायत नीतिगत निर्णय सङ्घीय सरकारले नै गर्ने जवाफ पाइयो”, उहाँले भन्नुभयो ।

अर्जुनको सक्रियतामा मोरङबाट कञ्चनपुरसम्मका तराईका २२ जिल्लाका नागरिकताविहीन युवालाई समेटेर संस्थासमेत निर्माण भएको छ । संस्थामा नागरिकताबाट वञ्चित ६०० युवा सङ्गठित भएका छन् । संस्थाले २२ वटै जिल्लामा जिल्ला समितिसमेत गठन गरेको छ । मटिहानी नगरपालिका–८ महोत्तरीका ३२ वर्षीय अर्जुनले बाबु विदेशी भएकै कारण नागरिकता नपाएको सुनाउनुभयो । उहाँको आमा नेपाली हो । आमाले वंशजको नागरिकता पाउनुभएको छ । आमा सरकारी स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ । आमाको नामबाट नागरिकता पाउन नसकेको अर्जुनले सुनाउनुभयो । उहाँले अध्ययन गर्न पाऊँ, राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोल्न पाऊँ भनेरसमेत सर्वोच्च अदालतबाट आदेश गराउनुपरेको जानकारी दिनुभयो ।
 
नागरिकता पाऊँ भनेर २०६९ फागुन ७ गते सर्वोच्चमा मुद्दा हाल्न पुग्नुभएका अर्जुनले २०७४ मा सर्वोच्चको फैसलापछि अङ्गीकृत नागरिकताका लागि जिल्ला प्रशासनले गृह मन्त्रालयलाई लेखेको पत्र पाउनुभयो । पत्र लिएर गृह मन्त्रालय पुगे पनि मन्त्रालयले कानून नबनी अङ्गीकृत नागरिकता पनि दिन मिल्दैन भनी जवाफ दियो । नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि सङ्घीय संसद्अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

एमबीएसम्मको अध्ययन गर्नुभएका अर्जुन नागरिकता नभएकै कारण ३२ वर्ष उमेर पुग्दासमेत रोजगारी पाउन नसकेको बताउनुहुन्छ । हाल भएको कानूनी प्रक्रिया पूरा गर्दासमेत नागरिकता नपाउँदा मोबाइलको सिम कार्ड, कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका बेला राहत, कोरोनाको बीमा, चालक अनुमतिपत्रलगायत कागजात नपाएको पीडितको गुनासो छ । ललितपुरकी एक युवतीले नागरिकता नभएकैले आफूले काम गरिरहेको कार्यालयले गराएको कोरोना बीमामा आफू सहभागी हुन नपाउँदा दुःख लागेको बताउनुभयो ।

थापाथलीस्थित प्रसूति गृहमा उहाँको जन्म भएकै बेला बाबुले आमा छोडेर हिँडे । छोडेर हिँडेका बाबुसँग उहाँको सम्पर्क छैन । जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन जाँदा बाबुसहित तीन पुस्तेको नाम माग गरेको उहाँको अनुभव छ । नागरिकताका कारण तनावपूर्ण जीवन बिताउनु परेको अर्जुन र ती युवतीको समान अनुभव छ । 

आमा नेपाली र बाबु भारतीय भएका पोखराका सुरज हजारे दाहालले पनि लामो प्रयास गर्दासमेत नागरिकता पाउन सक्नुभएको छैन । बाइस वर्षको उमेरदेखि नागरिकता प्राप्तिका लागि लागेकामा ३२ वर्ष हुँदासमेत नपाएको उहाँले सुनाउनुभयो । संसद्मा विचाराधीन कानून नबनेकै कारण वृद्धावस्थामा मात्र नागरिकता पाउने हो कि भन्ने लाग्न थालेको उहाँले सुनाउनुभयो ।

भारतीय बाबुबाट जन्मनुभएका दाहाल नागरिकता प्राप्तिको कागजात सङ्कलनका लागि भारतीय दूतावास पनि छिर्नुभयो । पहिलोपटक दूतावासमा प्रवेश पाउनुभएको दाहाललाई दोस्रोपटकदेखि त प्रवेशमै निषेध गर्यो । विवाहदेखि नै बाबु भारत नगएको र आफू जन्मेदेखि नै नेपालमै बस्दै आएकाले नागरिकता पाउनुपर्ने भन्दै उहाँ विभिन्न सरकारी निकायमा धाइरहनुभएको छ ।

न्यूरोडका एक युवाले पनि आमा स्थानीय नेवार समुदायकी भए पनि बाबु विदेशी भएका कारण लामो समयदेखि नागरिकता पाउन सक्नुभएको छैन । नागरिकता नपाएकै कारण विदेशमा पढ्न जाने उहाँको सपना साकार हुन सकेको छैन । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठ संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था भए पनि कानून नबन्दा कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । सर्वोच्च अदालतले नागरिकता दिनू भनी आदेश दिएका घटनाका पीडितलेसमेत पाउन नसकेको मञ्चले जनाएको छ ।