काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकार धमलालाई आइतबार कोरोना पुष्टि भएको हो।
धमलालाई कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्। धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेको पोजेटिभ देखिएको बताए ।











