३० आश्विन २०८१, बुधबार
,
Latest
इजरायलले पुन: आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीको जवाफ राष्ट्रपतिद्वारा नवदुर्गा भगवतीको पूजा अर्चना अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युुताकाको शिष्टाचार भेट कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी चीजहरु फ्रिजको माथि नराखेकै राम्रो



अ+ अ-

एजेन्सी । आजको समयमा, फ्रिज हरेक घरमा प्रयोग हुने अत्यावश्यक मेसिन हो । मानिसहरु अक्सर अनजानमा केहि यस्ता चीजहरु फ्रिजमा राख्छन्, जसलाई राख्नाले भविष्यमा उनीहरुलाई धन घाटाको सामना गर्नुपर्ने हुन्छ । फ्रिजको वास्तु नियमबारे आज चर्चा गरौं ।

धेरैलाई पैसा फ्रिजमाथि राख्ने बानी हुन्छ । वास्तुशास्त्रका अनुसार पैसा र सुन आदिलाई कहिल्यै पनि फ्रिजभन्दा माथि राख्नु हुँदैन । यसले व्यापारमा घाटा हुन सक्छ । धेरै मानिसहरूलाई आफ्ना बच्चाहरूको पदक वा ट्रफीहरू फ्रिजको माथि राख्ने बानी हुन्छ । यसो गर्नु शुभ मानिदैन ।

धेरैले डेकोरेशनको लागि फ्रिजमा बिरुवा आदि राख्छन् । वास्तुशास्त्र अनुसार बाँसको बोटलाई कहिले पनि फ्रिजभन्दा माथि राख्नु हुँदैन ।

औषधिलाई फ्रिजमाथि राख्दा यसको प्रभाव समाप्त हुन्छ । यो तथ्यलाई विज्ञानले पनि स्वीकार गरेको छ । फ्रिजबाट निस्कने गर्मीले औषधिलाई असर गर्छ ।

फ्रिज सधैं भित्ताबाट कम्तिमा एक फिट टाढा राख्नुपर्छ । घरमा सुख–शान्ति कायम राख्न फ्रिज सधैं पश्चिम दिशामा राख्नुहोस् । यसका अलावा दक्षिण–पश्चिम दिशालाई पनि शुभ मानिन्छ ।