८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

बालुवाटार र सानेपाका लिखित पत्रहरु !

बालुवाटार र सानेपाका लिखित पत्रहरु !
file
अ+ अ-

हिजो (शनिबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एउटा अचम्मको दृश्य देखापर्यो । त्यस्तै १२ बजेतिर तीन जना पूर्वप्रधानमन्त्रीहरु आफ्ना सुरक्षा दस्तासहित प्रधानमन्त्री निवासको गेटभित्र पसे । गेटमा त कुनै समस्या भएन किनभने सुरक्षाकर्मीले उहाँहरुका स्कटिङका सवारीका लागि गेट खोली नै हाल्यो । तर भित्र गएपछि भने उनीहरु सरासर प्रधानमन्त्रीको निवास भित्र छिर्न पाएनन् । त्यस्तै आधाघन्टाजति उनीहरु बाहिरै घाममा उभिए, बसेनन् । पछि प्रधानमन्त्रीको सचिवालयका एकजना आए र उनीहरुसँग केका लागि प्रधानमन्त्रीलाई भेट्ने भनेर सोधे । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले भने– सचिवालय बैठक बस्न आएको नि । उनी भित्र छिरे र प्रधानमन्त्रीसँग केही साधेर आए । अनि एकैछिन् बस्नु भनेपछि तीन भाई पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, पुपष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल करिब आधाघन्टा घाममा उभिए । पछि बोलावट आयो र भित्र गए । उनीहरु बैठक कोठाको ढोकाबाट भित्र छिर्नासाथै शुरुभयो भनाभन् । प्रधानमन्त्री ओली र प्रचण्ड मुखामुख गर्न थालेपछि साथ लागेर गएका दुई उपप्रधानमन्त्री बामदेव र नारायणकाजी हेरेको हेर्यै भए । यत्तिकैमा प्रचण्डले सचिवालय बैठक बोलाउन ओलीलाई भने अनि ओलीले प्रश्न गरे ‘किन बोलाउने बैठक ?’

बैठकमा छलफल हुने र पार लाग्ने देखिएन । चर्काचर्कीमात्र भएपछि पाँच भाइले चार लाइनको आवेदन ड्राफ्ट गरे– श्री अध्यक्षज्यू पार्टीमा समयसामयिक विषयमा छलफल गर्नुपर्ने भएकोले आजै या भोलि नै सचिवालय बैठक बोलाइयोस् । त्यो निवेदन हातमा थमाएर उनीहरु बालुवाटारबाट बाहिरिए नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न त्यहाँ पुगेका हुन् । शनिबार बालुवाटार पुगेका भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई भनेपछि प्रधानमन्त्री बैठक बोलाउन सहमत भएनन्, त्यसपछि लिखित पत्र बुझाएका हुन् ।

पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल गर्नुपर्ने भएकोले सो बैठक माग गर्दै लिखित पत्र बुझाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

लिखित पत्र बुझेपश्चात् प्रधानमन्त्रीले छलफलपछि मात्र निर्णय गरेर बैठक बोलाइने बताए । ‘अध्यक्षज्यूले तपाईंहरू आफैं बैठक गर्दै हिँड्नुभएको छ, अब किन चाहियो र बैठक भन्दै तर त्यही पनि छलफल गरौंला भन्नुभएको बालुवाटारमा सहभागी एक सदस्यले भने । यस विषयमा आजकै छापामा खुलस्त आइसकेकोले यहाँ थप व्याख्या आवश्यक पनि नहोला । 

यता प्रमुख प्रतिपक्षी दलको कुर्सीमा आसिन काँग्रेस पार्टीको ताल फेरि त्यस्तै छ । त्यहाँ पनि यतिसम्मको विवाद छ कि हालै शुरु भएको भनिएको अनौपचारिक बैठकमा पनि विवादका विषयमा नेताहरूले गुटगत रुपमा धारणा राख्दै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा यस्तै लिखित पत्र नै बुझाएका छन् । पार्टीले पार्टीभित्रै दिएको ज्ञापनपत्र भनिएको सो १६ बुँदे लिखित पत्रमा पार्टीमा सभापतिले एकलौटी गरेकोले त्यसको भण्डाफोर गरिने धम्की छ । 

यता संस्थापन पक्षीय नेताहरुको भने ज्ञापनपत्रमा उठाइएका विषयहरूको प्रतिवाद जारी छ । पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको थियो । तर संस्थापन पक्षले भने सबै निर्णय विधानसम्मत भएको बताएको थियो । यस्तै बैठकमा पार्टीको १४ औं महाधिवेशनका सम्बन्धमा आवश्यक छलफल भन्दा पनि त्यही लिखित पत्रकै विषयमा बढी छलफल भइआएको छ । किनभने पौडेल पक्षले पार्टीको औपचारिक बैठक शुरु भयो कि लिखित पत्रको जवाफ मात्र खोज्ने गरेको छ । 

काँग्रेसको जस्तै लिखित पत्रको शृंखला अब उता नेकपामा पनि हिजोबाट शुरु भएको छ । सत्तारुढ पार्टीको झगडा पनि हेर्दाहेर्दै पार्टीको बैठक बोलाउनकै लागि एक अध्यक्षले अर्काे अध्यक्षलाई लिखित पत्र नै हातमा थमाउनुपर्ने अवस्थासम्म आइपुगेको छ । अब यी लिखित पत्रमाथिका छलफलहरु सानेपा र बालुवाटारमा एकपछि अर्काेगर्दै शुरु हुनेछन् । तर ती छलफलका कुनै अर्थ छ्रैनन् । किनभने यीनका ताल र सुर देखेर जनता अवाक भइसकेका छन् । देशको सबैभन्दा ठूलो भनिएको सत्तारुढ दल नेकपाका अध्यक्षद्धयको हिजो बालुवाटारमा भएको भनाभनका शब्द सुन्दा त लाग्छ यिनीहरुबाट अबको पुस्ताले केही सिक्न र लिनसक्ने केही छैन । मात्र यीनका दिमाग कुर्सी बाहेक अरु केही अटेकै छैन ।

नेकपा र काँग्रेसलाई नेपाली जनताले जिम्मेवारीसहित कुर्सीको जिम्मेवारी दिएर पठाएका छन् । नेकपालाई सत्ता र काँग्रेसलाई विपक्षीको जिम्मेवारी । नेकपाले त जनताका लागि गरेन भन्ने कुरा त महामारीका बेलामा किन निशुल्क उपचार गर्ने भनेर सर्वाेच्च अदालतलाई सरकारले लेखेको जवाफबाटै जिब्रो काढ्नुपर्ने अवस्था स्पष्टै देखिन्छ । उता काँग्रेसलाई जनताले यस्तै गैरजिम्मेवार काम सरकारले गर्ला भनेर त्यसको निगरानी र खबरदारी गर्न पठाएको हो । त्यो कामबाट काँग्रेसपनि पूरै पछि हटेको छ । उ बरु सरकारसँग नियुक्तिमा आफ्ना मान्छे कति पर्लान् भनेर जाल थापेर बसेको छ । त्यही जालमा आफ्ना मानिस नपरेपछि यता सोही दलको अर्काे पक्ष (उनीहरुकै भाषामा पौडेल पक्ष भनिने) पनि यता नेकपाजस्तै असहमति दर्ज गर्दै हिँडेको छ । यहाँसम्म कि आफ्नै दलको अध्यक्षका विरुद्धमा लिखित पत्र अर्थात् उनीहरुकै शब्दमा ज्ञापन पत्र दर्ता गराएको छ पार्टी कार्यालयमै पुगेर उता नेकपाका कार्यकारी अध्यक्षले बालुवाटारमा दर्ता गराएजस्तै ।

यीनलाई के नपुगेर यसो गरिरहेका छन् भनेर कसैले सोध्यो भने त्यसको एउटै जवाफ सत्ता हो । जनताको सेवा गर्न पाइएन, देशको नाम राख्नेगरी विकास गर्न पाइएन भन्ने विषयमा यी नेताहरुका दिमागमा रत्तीभर पनि पश्चाताप नभएको तथ्य दिन प्रतिदिन सामाजिक सञ्जालमा नागरिकले खुलाएकै छन् । त्यो भन्दा पनि बरु उनीहरु एकले अर्का गुटलाई लिखित पत्र नै दर्ता गराउँदै हिँड्न थालेका छन् त्यो पनि पार्टीभित्रै । यसैले पछिल्लो समयमा यी बालुवाटार र सानेपामा दर्ता गराइएका लिखित पत्रले नेपाली जनतालाई के दिन्छ भनेर उनीहरुलाई जनताले असंख्या प्रश्न सोधिरहेका छन् ।