५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागि टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो । पुबुदुकै प्रशिक्षणमा नेपाल सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

पुबुदुले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।