• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा

मोटरसाइकल चोरी गर्ने सात पक्राउ



प्रतीकात्मक तस्बिर

चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।
 
चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।  
 
पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।