८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सरकारले काठमाडौंका घरघरै पुगेर कोरोना संक्रमितको निगरानी गर्ने

सरकारले काठमाडौंका घरघरै पुगेर कोरोना संक्रमितको निगरानी गर्ने
अ+ अ-

काठमाडौं । अबदेखि नेपाल सरकारले काठमाडौंमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको बारेमा घर घरमै पुगेर निगरानी गर्ने तयारी गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा आज जानकारी दिएको हो । होम आइसोलेसनमा बसेका संक्रमितहरू घरबाट बाहिर निस्किने गरेका समाचारहरु आइरहेको भन्दै जसका कारण संक्रमण थप फैलिएको सो मन्त्रालयले जनाएको हो ।

त्यसैले त्यस्ता संक्रमितहरूको निगरानी गर्ने तयारी सरकारले गरेको बताइएको हो। मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले त्यसका लागि उपत्यकाका टोलटोलमा कोभिड निगरानी समूह गठन गरिने जानकारी दिए। उनले भने प्रत्येक वडाभित्र कम्तिमा ५० घरलाई समेट्ने गरी एउटा कोभिड निगरानी समूह गठन हुन्छ र त्यहीँ समूहले घरमा रहेका संक्रमितको निगरानी गर्ने काम गर्नेछ ।  

उक्त समूहमा हरेक टोलका विभिन्न व्यक्तिहरुलाई समावेश गरिने जानकारी दिइएको छ । उक्त टोलीमा हरेक टोल समाजका समाजसेवी, स्वास्थ्यकर्मी र अन्य सक्रिय व्यक्तिहरूलाई समावेश गरिने जानकारी डा।श्रेष्ठले दिए । अब उक्त समूहले नै आफ्ना टोलमा संक्रमित छ वा छैन भनेर अनुमगन गर्नेछ। 

अनुगमनका क्रममा कुनै घरमा संक्रमित रहेको पाइयो भने सो समूहले ती संक्रमित घरमा बसिरहेक छन् या छैनन् या उनीहरुले के कस्तो स्वास्थ्य सतर्कता अपनाएका छन् भनेर पनि निगरानी गर्नेछ। त्यसैगरी संक्रमितको सम्पर्कमा आएका मानिसहरू पनि क्वारेन्टिनमा बसेका छन् वा छैनन् भनेर पनि सो समूहले निगरानी गर्ने बताइएको छ । 

साथै, होम आइसोलेसनमा बस्दा संक्रमितलाई स्वास्थ्यमा गम्भीर समस्या देखिए अस्पताल लैजाने काम पनि उक्त समूहले नै गर्ने श्रेष्ठ बताउँछन् र बसाइकै क्रममा संक्रमितलाई थप सहायता चाहिए उक्त समूहले नै सहयोग गर्नेछ। 

सरकारले हाल संक्रमितहरू घरबाट बाहिर निस्किएका कारण संक्रमण फैलिरहेको निष्कर्ष निकालेको छ । त्यसैले पनि त्यस्ता व्यक्तिहरूलाई घरभित्रै राख्न यस्तो तयारी गरिएको हो । 

यस नयाँ खालको निगरानी सम्बन्धी समूह निर्माणका लागि मन्त्रालयले उपत्यकाका सबै पालिकाहरूसँग दिनदिनै छलफल गरिरहेको जनाएको छ। काठमाडौं उपत्यकाका प्रायः सबै पालिकाहरुसँग यो छलफल गरीसकेर सो समूह गठन गर्ने तयारी सरकारले गरेको छ ।