१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतर्फी आलोचना र दबाबपछि कोरोना परीक्षण र उपचार अब निःशुल्क



अ+ अ-

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतले १५ असोजमा  सरकारलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशसंगै सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो। 

अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ।

यस्तै सोमबार बसेको पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा लगाएको १० प्रतिशत भन्सार महसुल कर अर्थमन्त्रीमा बिष्णु प्रसाद पौडेलले हटाउन प्रस्ताव बैठकमा पेश गरेका  हुन् । सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको हो ।