१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा

तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा
अ अ+ अ-

काठमाडौँ । अन्य समयको तुलनामा प्राय: दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ । चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन् । त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ । काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ । भक्तपरले ताइचिन धानको चिउरा दशैँमा धेरै नै माग हुन्थ्यो । तर पछिल्लो समय ताइचिन धानको अभावका कारण बिस्तारै माग कम भएको गुनासो भक्तपुरका व्यवसायीहरुले गरेका छन् ।

भक्तपुरका चिउरा व्यवसायी कृष्णप्रसाद बागजूले आफूले चिउरा मिल २०४६ सालदेखि सञ्चालन गर्दै आएको र स्थापना कालदेखि नै चिउरा उत्पादन गरिरहेको बताउनु भयो । तराईको चिउराले भक्तपुरको ताइचिन चिउरा बिस्थापित हुँदै गएको उहाँको गुनासो छ । बजारमा पनि माग कम भएको गुनासो गर्नुभयो । उहाँले विगतको तुलनामा हुनुपर्ने जति खपत अहिले नभएको बताउनु भयो । दशैँमा ताइचिन चिउराको माग बढी हुने गरेको भएपनि यस वर्ष खासै माग नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मिल स्थापना भएको २०४६ साल चैत्र २६ गते हो । स्थापना कालदेखि हामीले ताइचिन चिउरा उत्पादन गरेका छौँ । चिउरा कुटेर बजारमा दिनु बाहेक हामीले स्थानीयहरुको धान पनि चिउरामा परिणत गरेर दिने गरेका छौँ । २०४६ सालदेखि अहिलेको अवस्थासम्म आइपुग्दा धरै उत्तारचढाव आएको छ । तराईको चिउराले गर्दा हाम्रो स्थानीय चिउरा बिस्थापित भएको जस्तो अनुभव भएको छ । बजारमा पनि अलि माग थोरै भएको जस्तो अनुभव भएको छ । पहिलाको तुलनामा जति चिउरा खपत हुनुपर्ने हो त्यति खपत भइरहेको छैन । दशैँको मुखमा पनि ताइचिन चिउराको माग धेरै खपत हुन्थ्यो । अहिले आएर तराई ताइचिन भन्ने चिउराले गर्दा कम खपत भएको छ ।’

उहाँकाअनुसार ताइचिन चिउराको खपत कम हुनुमा पार्टी प्यालेसहरुमा भोज खुवाउने प्रचलन पनि एउटा कारण रहेको छ । ताइचिन धानको उत्पादनमा कमी र उपलब्धता नहुँदा भक्तपुरको ताइचिन चिउरा बिस्तारै हराउँदै गएको बताउनु भयो । ताइचिन धान काठमाडौं उपत्यकाबाहेक भक्तपुर, नाला, पनौति, धुलिखेलबाट ल्याइने गरेको बताउनु भयो । जग्गा जमिन मासिँदै आएकाले र घरजग्गा पनि धेरै बन्दै गएकाले खेतीयोग्य जमिन कम हुनु ताइचिन चिउराको मागमा कमी आउनुको अर्को कारण रहेको बताउनु भयो । ताइचिन धान भन्दा बढी चाइनिज धान उत्पादन बढी हुने गरेकाले ताइचिन धान रोप्न किसानले छोडेको बताउनु भयो । प्लानिङ र ट्रनेल खेतीले ताइचिन धानको उत्पादन कम भएको उहाँको गुनासो छ । बाहिरी चिउराको कारण ताइचिन धानको चिउरामा कम माग आएको र यसको प्रत्यक्ष असर भक्तपुरका ताइचिन चिउरा व्यवसायीलाई परेको बताउनु यो ।

उहाँले भन्नुभयो, ‘ताइचिन चिउराको खपत कम हुनुमा पार्टी प्यालेसहरुमा भोज खुवाउने प्रचलनले गर्दा कम भएको छ । धान हामीले उपत्यकाबाटै संकलन गर्ने गरेका छौँ । भक्तपुर बाहेक, नाला, पनौति, धुलिखेलबाट ताइचिन धान ल्याएर चिउरा बनाउँछौँ । जग्गा जमिन मासिँदै आएकाले र घरजग्गा पनि धेरै बन्दै गएकाले खेतीयोग्य जमिन कम हुँदै गयो । ताइचिन धानको उत्पादन पनि कम हुँदै गएको छ । ताइचिन धान भन्दा बढी चाइनिज धान उत्पादन हुने भएकाले ताइचिन धान उपलब्ध सहज रुपमा छैन । कम उत्पादन छ । प्लानिङ र ट्रनेल खेतीले ताइचिन धानको उत्पादन कम छ, यसको प्रत्यक्ष असर हामीलाई छ । बाहिरी चिउराको कारण ताइचिन धानको चिउरामा कम माग छ ।’
भक्तपुरको ताइचिन चिउराको उत्पादन, लागत र मूल्यको हिसावमा पनि पहिला र अहिले धेरै भिन्नता आएको उहाँले सुनाउनु भयो । बागजूकाअनुसार पहिला सहज रुपमा धान पाउने भएकाले मूल्य कम पर्ने गरेको भएपनि अहिले धान पाउन मुस्किल बन्दै जाँदा चिउरा पनि बढी महंगो हुने गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भक्तपुरको ताइचिन चिउरालाई निरन्तरता दिन र मौलिकता बचाउन ताइचिन धानको उत्पादन बढाउनुपर्ने बताउनु भयो । ताइचिन धानको उत्पादन जति बढ्यो, चिउरा त्यति नै ताइचिन चिउराको उत्पादन बढ्छ ।

उहाँले भन्नुभयो, ‘उत्पादन, लागत र मूल्यको हिसावमा पहिला भन्दा धेरै भिन्नता छ । पहिला सहज रुपमा पाउने हुनाले मूल्य कम पर्दथ्यो चिउराको मूल्य । अहिले धान सहज रुपमा पाउन गाह्रो छ जसले धानको मूल्य पनि आकाशिएको छ । धानको मूल्य जसरी बढ्छ, त्यहीअनुसार चिउराको मूल्य पनि बढ्छ । उत्पादन नै कम भएपछि खपत पनि कम हुन्छ । धान सहज रुपमा पाउन सकिँदैन । यसलाई निरन्तरता दिन र मौलिकता बचाउन ताइचिन धान रोप्ने पहिलादेखिको परम्परालाई निरन्तरता दिनुपर्छ । ताइचिन धानको उत्पादन जति बढ्यो, चिउरा त्यति नै उत्पादन हुन्छ । ग्राहकहरुमा जुन प्रकारले खपत हुनुपर्ने हो त्यहीअनुसार खपत हुन्छ ।’

बागजूकाअनुसार ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्छ । पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो । त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्ने मान्यता थियो । अहिले त्यस्तो दु:ख गर्नु पर्दैन । ताइचिन धानलाई सिधै पानीमा राखेर चिउरा बनाउन सकिन्छ । जाडोमा ४ दिनसम्म र गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर चिउरा बनाउन सकिने बागजू बताउनु हुन्छ । कराईमा भुट्न पनि पहिला मान्छेकै आवश्यक पर्ने भएपनि अहिले मेसिनले भुट्ने गरेको उहाँले बताउनु भयो । प्राविधिक हिसावमा सजिलो भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्दो रहेछ । पहिला पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो, त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्थ्यो । अहिले त्यस्तो छैन । अहिले ताइचिन धानलाई सिधै पानीमा राख्छौँ । जाडोमा ४ दिनसम्म भिजाउँछौँ । गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर त्यो कुट्न योग्य हुन्छ । कराईमा भुटेर बनाउँछौँ । पहिला हातले आगो बाल्नु पर्दथ्यो, अहिले मेसिनले आफैँ भुट्छ । एक जनाले धान भुट्यो, अर्कोले चिउरा बनायो । त्यसरी सजिलो छ अहिले । प्राविधिक हिसावमा सजिलो भएको छ । यसको मौलिकता बचाउन ताइचिन धानकै उत्पादनमा बढी ध्यान दिनुपर्छ ।’

बागजूकाअनुसार आफूले चाडबाडमा बढी चिउरा बेच्ने गरेको तर अन्य बेला प्राय बन्द हुने अवस्था रहेको छ । खपत कम भएकाले सोहीअनुसार माग आएमात्रै मिल चलाएर चिउरा कुट्ने गरेको बताउनु भयो । उहाँले ग्राहकहरुको सुविधा, इच्छा बमोजिम उहाँहरुको मागलाई पुर्‍याइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो मिलमा वार्षिक कति उत्पादन हुन्छ भने अहिले खपत कम भएकोअनुसारले चाडवाडमा बढी चल्छ । त्यसपछि प्राय: बन्द नै हुन्छ । वर्षभरमा जेनतेन चलिरहेको छ । नाफाको हिसावमा पनि होइन, घाटामा पनि हामी छैनौँ । ग्राहकहरुको सुविधा, इच्छा बमोजिम उहाँहरुको मागलाई पुर्‍याइरहेका छाँै ।’

ताइचिन चिउराको माग घटेका कारण चाडबाड आउँदा मात्रै चिउरा कुट्ने गरेको बताउनु भयो । बागजूले पहिला चाडबाड आउँदा मात्रै नभइ वर्ष दिन नै चल्ने मिल अहिले चाडवाडमा मात्रै सिमित हुने गरेको बताउनु भयो । उहाँले चिउरा अहिले चाडबाडमा मात्रै सिमित हुनु दु:खद् रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टी प्यालेसहरुको डिनर खुवाउने प्रचलनले पनि ताइचिन चिउराको मागमा असर गरेको बताउनु भयो । ताइचिन चिउराको माग बढाउनका लागि हाम्रो मौलिक भोज भतेर खुवाउने प्रचलनलाई कायम गर्नससक्नुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘ताइचिन चिउराको माग यति घटेको छ की अहिलेको समयमा । जुन चाडबाड आउँदा मात्रै चिउरा कुट्ने गरेका छौँ । पहिला चाडबाड आउँदाखेरी र अरु बेला पनि वर्षदिन चलिरहन्थ्यो चिउरा कुट्ने मिल । पहिला दशैँको अघि मात्रै लगातार एक महिना भन्दा बढी बन्द नगरी चिउरा कुटेर ग्राहकहरुको चिउरा कुट्न ल्याउनेहरु कुटेर दिन्थ्यौँ । चिउरा अहिले चाडबाडमा मात्रै सिमित भएको छ । यो दु:खको कुरा हो । ताइचिन धानको उत्पादन कम भएकाले यस्तो भएको हो । पार्टी प्यालेसहरुको डिनर खुवाउने सिस्टमले गर्दा पनि हाम्रो यो ताइचिन चिउराको माग कम भएको हो । यो दु:खको कुरा हो । ताइचिन चिउराको माग बढाउनका लागि हाम्रो मौलिक भोज भतेर खुवाउने प्रचलनलाई कायम गर्नसकेको खण्डमा ताइचिन चिउराको माग फेरि बढ्नेछ ।’

भक्तपुरकै अर्का चिउरा व्यवसायी कृष्ण घरुको कुरा पनि बागजूको जस्तै छ । आफूले पितोको पालादेखि चिउरा मिल चलाएको र अहिले व्यवसायमा कमी आएको बताउनु भयो । मागमा कमी आउनुमा पहिलो कारण ताइचिन धानको कमी रहेको बताउनु भयो । उहाँले उत्पादन गर्ने ठाउँहरुमा घरहरु बन्दै जाँदा धान कम उत्पादन हुने र तराईको ताइचिन चिउराले स्थानीय ताइचिन चिउरालाई बिस्थापन गरेको बताउनु भयो । अहिले भक्तपुरे ताइचिन चिउरा १७० मा प्रतिकेजी बेचिरहेको बताउनु भयो । तराईको चिउरा सयमै पाउने भएकाले पनि माग कम भएको बताउनु भयो । चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध बढी हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बाको पालादेखि नै हो चिउरा व्यवसाय । अहिले बाले गर्न सक्नुहुन्न । अहिले धानको समस्या छ, कामदारको समस्या छ । त्यही भएर चिउरा मिल नै बन्द जस्तो छ । यो ताइचिन चिउरा बिस्थापित हुनुको पछाडि तराई ताइचिनको कारण हो । सुगर भएकाले खानु हुँदैन भन्छन्, त्यसैले पनि हो । भोजहरुमा पनि तराई ताइचिन नै हो । खेतहरु पनि कम भएर आएको छ । धान पनि कम छ । ताइचिन चिउरा १७० मा बेच्नुपर्छ । तराई ताइचिन सयमा पाउँछ । किलोको ७० जति फरक पर्छ । हामीले ताइचिन धान स्थानीय किसानको घरमै गएर लिने हो । चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध हुनुपर्छ । धान उपलब्ध भए काम गर्न सहज हुन्थ्यो । धान नै उपलब्ध छैन ।’

भक्तपुर चानपा ७ का चिउरा व्यवसायी सीताराम काफ्ले भने बजारलाई चिउराको माग नै पूरा गर्न नसकिरहेको बताउनु हुन्छ । २०६९ साउनबाट चिउरा व्यवसाय सञ्चालन गर्नुभएका उहाँले उद्योगबाट दैनिक ५ सय केजीका दरले उत्पादन गरिरहेको बताउनु भयो । आफूले काठमाडौं, भक्तपुर र स्थानीयमै सिमित बजार हुँदा पनि राम्रो विक्री गरिरहेको बताउनु भयो । चिउरा बनाउने धान पनौति, पाँचखाल, स्थानीय, चाँखु लगायतका स्थानबाट ल्याउने गरेको बताउनु भयो । आफूले उत्पादन गरेको चिउरा स्टकमा राख्नु नपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०६९ साउनबाट चिउरा व्यवसाय सञ्चालन गरेको हो । यो उद्योगबाट मैले वार्षिक चिउरा दैनिक ५ सय केजीका दरले उत्पादन गर्दछु । बजार काठमाडौं, भक्तपुर र स्थानीयमै सिमित छ । चिउरा बनाउने धान पनौति, पाँचखाल, स्थानीय, चाँखु आयात हुन्छ । मैले उत्पादन गरेको कुरा स्टक रहेको छैन । बजार मेरो ठिक छ । कुनैपनि साल दशैँमा मैले चिउरा पुर्‍याउन सक्दिन । पोहोरको तुलनामा १० रुपैयाँ भाउ बढेको छ अहिले । तर पनि दशैँको सिजन मध्यनजर गरेर व्यापारीको नाताले भाउ नबढाइकन गत सालकै भाउमा विक्री गरिरहेका छौँ । ताइचिन चिउरा पोहोर पनि १६० रुपैयाँ केजीमा बेचेको हो, अहिले पनि दशैँलाई त्यसमै बेचेका छौँ । ५/७ दिनभित्रमा एक हजार केजी त मैले झोलामा हालेरै बेचेँ, स्थानीयहरुलाई ।’

उहाँले कुनैपनि साल दशैँमा आफूले मागअनुसार चिउरा पुर्‍याउन नसकेको बताउनु भयो । गत वर्षको तुलनामा यस वर्ष १० रुपैयाँ मूल्य बढेको भएपनि दशैँको अवसरमा आफूले पोहोरकै मूल्यमा विक्री गरिरहेको बताउनु भयो । उहाँले गत वर्ष ताइचिन चिउराको मूल्य १६० रहेको बताउनु भयो । पछिल्लो एक हप्तामा एक हजार केजी चिउरा त स्थानीयहरुले नै किनेर लगेको बताउनु भयो ।

विकास बखुन्चे/न्युज एजेन्सी नेपाल